अमेरिकाले ताइवानलाई गोटी बनाएर घेर्न खोज्यो : चिनियाँ विदेश मन्त्री

५ पुस, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकासँग स्वस्थ प्रतिस्पर्धा गर्न चीन तयार रहेको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै विदेश मन्त्री यीले अमेरिकासँग आफूहरू प्रतिस्पर्धा गर्न तयार रहेको तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताएका हुन् । अमेरिकासँगको सहकार्यलाई चीनले स्वागत गर्ने पनि उनको भनाइ छ । त्यस्तै, चीनले अमेरिकासँग समान हैसियतका आधारमा […]

सम्बन्धित सामग्री

विदेश मन्त्री वाङ र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिवार साँझ बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबिच द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर […]

नेपाल र चीनबिच नाै बुँदे समझदारी

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको छ । शनिवार (आज) नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा आज सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको हो । समझदारीअघि परराष्ट्र मन्त्री स्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको […]

चिनियाँ विदेश मन्त्री वाङ र परराष्ट्र मन्त्री खड्काबिच सिंहदरवारमा वार्ता जारी

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी र परराष्ट्र मन्त्री डा. नारायण खड्काबिच औपचारिक वार्ता सुरु भएको छ । २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग सिंहदरवारमा शनिवार अपराह्न वार्ता सुरु भएको हो । सिंहदरबारमा भएको दुई पक्षीय वार्ता वारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ विदेश मन्त्री वाङ दिउँसो नै परराष्ट्र मन्त्री खड्कासँग […]

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो । भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।   विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको...

चिनियाँ विदेश मन्त्री वाङ आज नेपाल आउँदै

काठमाण्डाै - चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको लागि आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ आज बेलुका नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विदेश मन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने छ । चीन र नेपालका...

चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउने निश्चित

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ । नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्र मन्त्री खड्कासँग दुई […]

चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज साेमवार निकालेको विज्ञप्तिमा उल्लेख छ ।  यस्तै विदेश मन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग...

चीनले नेपाललाई थप २० लाख मात्रा काेराेनाविरुद्धकाे खाेप अनुदानमा दिने

काठमाण्डाै – चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो । — MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021 चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ । आज भएको ...