चिनियाँ विदेश मन्त्री वाङ दिउँसो ३ बजे काठमाण्डौ ओर्लिँदै, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वतालिका भन्दा दुई घण्टा अगाडि नै काठमाण्डौ आउनुहुने भएको छ । विदेश मन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमण टोली अहिले दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ । उहाँको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।  विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेक...