चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउने निश्चित

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ । नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्र मन्त्री खड्कासँग दुई […]