गणतन्त्र दिवसमा राष्ट्रपतिले ४३० कैदीलाई माफी

काठमाडौँ। १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीको कैदकट्टा गरी माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशका आधारमा कैदमिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार कैदमिनाहा जेठ १४ बाट लागु हुनेछ।

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट माफी पाउनेमा व्यक्ति हत्याकै १२ जना

गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सजाय माफी पाउनेमा व्यक्ति हत्या अभियोगमा दोषी ठहर भएका मात्रै १२ जना समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनका छिद्रलाई टेकेर मन्त्रिपरिषद्को सिफारिसमा गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिएका छन् ।

टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको घरमा पुगे रेशम र रञ्जिता

काठमाडौं, १६ जेठ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ र नाउपाका संरक्षक रेशम चौधरीले टिकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको अभिभावलाई भेटेका छन् । १६औं गणतन्त्र दिवसमा आम माफी पाएका रेशमले कैलाली पुगेलगत्तै अढाई वर्षीय बालकका अभिभावकलाई भेटेका हुन् । उनले बालकका बुवा टेकबहादुर राउदलाई भेटेर सत्य तथ्य बाहिर ल्यउनका लागि सहयोग […]

गणतन्त्र दिवसमा रेशम चौधरीको कैद माफी - NepaliPatra

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको हो । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

गणतन्त्र दिवसमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन् । साथै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरू भाेलि (सोमबार) छुट्ने छन् । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका ...

गणतन्त्र दिवसमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन् । साथै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरू भाेलि (सोमबार) छुट्ने छन् । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका ...

रेशम चौधरीलाई माफी दिनेसम्बन्धी प्रस्ताव गृहमा, गणतन्त्र दिवसमा छाड्ने तयारी

अब गृहले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राष्ट्रपतिबाट उनको सजाय माफीसम्बन्धी निर्णय हुनेछ ।

नेपालगञ्ज कारागारबाट २१ जना बन्दीले पाए माफी

नेपालगञ्ज – गणतन्त्र दिवसको अवसरमा नेपालगञ्ज कारागारमा रहेका २१ जना कैदीले माफी पाएका छन् । नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, २५ जनाको नाम पठाएकोमा २१ जनाको कैद मिनाहा भएको छ । नेपालगञ्ज कारागारबाट आइतबार एकैपटक धेरै जना कैदी छुटेका हुन् । आचरण सुध्रिएका, आधा बढी सजाय काटिसकेका व्यक्तिलाई सरकारले विभिन्न दिवसमा माफी दिने गर्दछ […]

संविधान दिवसमा आममाफी पाएका अपराधीको नाम सरकारले लुकायो

काठमाडौं । विवादित हुने डरले संविधान दिवसका अवसरमा कैद मिनाहा र आम माफी पाएका अपराधीको नाम सरकारले लुकाएको छ । यसअघिका संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसमा यसरी सजाय छुट पाएकाहरूको नाम सार्वजनिक हुँदै आए पनि यसपाली गरिएको छैन । कैद मिनाह र आम माफी पाउने व्यक्तिमध्ये अधिकांश छुटिसकेका छन् भने कतिपय छुट्ने क्रममा […]

गणतन्त्र दिवसमा कैद माफी पाउनेकाे सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं : गणतन्त्र दिवसका अवसरमा सरकारले कैद माफी मिनाहा पाएका चार सय ३० जनाको नाम सार्वजनिक गरेको छ।गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी विभिन्न कारगारमा रहेकाले कैद माफी मिनाहा पाए। कैद मिनाहा पाएका चार सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो।मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनाहा गरेकी हुन्।यस्ताे छ सूची

गणतन्त्र दिवसमा राष्ट्रपतिबाट ४३४ कैदीको सजाय माफी :: Pahilopost.com

काठमाडौँः गणतन्त्र दिवसको अवसरका ४३४ कैदीको कैद मिनाहा गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्। असल चालचलन भएका तथा कैद छोट्ट्याउन योग्य रहेकाको बाँकी कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार कैद छुट दिइएको हो। माघव राईसहित ४३४ जनाको कैद छुट गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख