गणतन्त्र दिवसमा रेशम चौधरीको कैद माफी - NepaliPatra

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको हो । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

रिगलविरुद्धको फैसलाको पूर्णपाठले रेशम चौधरी पनि जेल जाने सम्भावना

काठमाडौं, २७ फागुन । भारती शेर्पाले रिगल ढकालसहित विरुद्ध दायर गरेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले काटेर मारेको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा गत असोज ३ गते संविधान दिवसको दिन रिगललाई कैद माफी दिएको थियो । रिगलको कैदमाफीविरुद्ध भारती सर्वोच्च अदालत गएकी थिईन् । सर्वोच्चका न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, कुमार चुडाल […]

उन्मुक्तिको अध्यक्ष बनेका चौधरीको वैधानिकतामा प्रश्न

हत्या अभियोगमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कैद माफी पाएपछि रिहा मात्रै भएनन्, उनलाई नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले अध्यक्ष चयन गर्‍यो । तर उनको सर्वसम्मत चयनको वैधानिकतामाथि भने कानुनी प्रश्न उठेको छ । कानुनविद्का अनुसार राष्ट्रपतिबाट पाएको कैद माफी रेशमविरुद्ध अदालतले गरेको फैसलाको खारेजी नभएकाले कानुनतः उनी दलको अध्यक्ष बन्न सक्दैनन् ।