विराटनगर- प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा (एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस् […]