प्रदेश १ : आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित

विराटनगर :  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ।प्रदेशसभाको आज (आइतबार) बसेको बैठकले विधेयक पारित गरेको हो। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ।यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रूपैयाँ खर्च कटौतीको प्