‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका थिए ।
नेपालले ४८औँ मिनेटमा दोस्रो गोल खाएको थियो । त्यसलगत्तै मुख्य प्रशिक्षक अल्मुताइरी मैदानमा अचेत भएका थिए । प्राथमिक...
२९ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट […]
‘मसँग २५ गोर्खाली छन् , इन्साअल्लाह हामी साफमा ब्रेक गर्न सक्छौं । फिनिसिङमा समस्या छ । तर हामी सुधार्ने प्रयास गर्नेछौं । नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ?’
काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्ध खेलाडीले गोर्खाली शैलीमा खेलेको बताए। विश्वकप तथा एसियन कप छनोटमा ३-० ले हारेपछि अल्मुताइरीले भने, "अष्ट्रेलिया शरीरिक रुपमा बलिया थिए। हामीले बिना डर खेल्यौं। हाम्रो खेलाडीले गोर्खाली सेना जसरी खेले। १० खेलाडी भए पनि हरेक समय भिडेर खेल्यौं। खेलमा सबैले मिहिनेत गरे। हामीले यस्तो मानिसकता विकास गर्नुपर्छ।"