प्रशिक्षक अल्मुताइरी भन्छन्-गोर्खाली जसरी खेल्यौं

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्ध खेलाडीले गोर्खाली शैलीमा खेलेको बताए। विश्वकप तथा एसियन कप छनोटमा ३-० ले हारेपछि अल्मुताइरीले भने, "अष्ट्रेलिया शरीरिक रुपमा बलिया थिए। हामीले बिना डर खेल्यौं। हाम्रो खेलाडीले गोर्खाली सेना जसरी खेले। १० खेलाडी भए पनि हरेक समय भिडेर खेल्यौं। खेलमा सबैले मिहिनेत गरे। हामीले यस्तो मानिसकता विकास गर्नुपर्छ।"

सम्बन्धित सामग्री

अफगानिस्तानका मुख्य प्रशिक्षकमा अल्मुताइरी

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त भएका छन् । अफगानिस्तान फुटबल संघले बिहिबार सामाजिक सन्जालबाट कुवेती नागरिक अल्मुताइरीलाई फुटबलका नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।...

अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बन्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि […]

आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।...

मुख्य प्रशिक्षक अल्मुताइरी अस्पतालबाट डिस्चार्ज

कुवेत सिटी- टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्ज गरेपछि उनी आफ्नो घर पुगेका थिए । अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्ज गरेको हो । यसपछि उनी आफ्नो घर पुगेका थिए । अब भने उनी टिम रहेको होटेल फर्कने […]

मुख्य प्रशिक्षक अल्मुताइरी ‘डिस्चार्ज’

काठमाडौँ – एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन्। एन्फाका अनुसार अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताइरी मैदानको टेक्निकल एरियामा अचेत हुँदै ढलेका हुन्।

मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज

२९ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट […]

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनस

प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति  काठमाडौं आइपुगेका हुन्।  अल्मुताइरीलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए। अल्मुताइरीले गत कात्तिक १० गते नेपालसँग थप ३ वर्षका लागि सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।  त्यसअघि सुरुमा राजीनामा दिने बताएका उनले पछि सोच्न

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ । जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेपाली टिम भदौ २५ मा दोहा प्रस्थान […]