प्रशिक्षक अल्मुताइरी भन्छन् : नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ? (भिडियो)
‘मसँग २५ गोर्खाली छन् , इन्साअल्लाह हामी साफमा ब्रेक गर्न सक्छौं । फिनिसिङमा समस्या छ । तर हामी सुधार्ने प्रयास गर्नेछौं । नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ?’
दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृङ्खलाअन्तर्गत मङ्गलबार नेपाल र मोरिससबीच दोस्रो र अन्तिम खेल हुँदैछ ।
नेपालले दोस्रो खेल दशरथ रङ्गशालाको क्षमताको एक तिहाइ दर्शकको उपस्थितिमा खेल्नेछ ।
फिफाले अन्तर्राष्ट्रिय मैत्री खेलका लागि तोकिएको क्यालेन्डरअनुरूप नेपाल र मोरिससबीच दुई खेलको शृङ्खला चालू छ ।
पहिलो खेल १–० ले जितेर यस शृङ्खलामा नेपाल अगाडि छ ।
गत शनिबार अफ्रिकी राष्ट्र मोरिससलाई हराएर नेपालले सन्तोषजनक नतिजा निकालिसकेको छ ।
यद्यपि नेपालका प्रशिक्षक अब्दुल्ल अल्मुताइरी सो नतिजाले खुसी बनेनन्।
उनको भनाइ...
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज नेपालको खेल गर्व गर्न लायक नभएको टिप्पणी गरेका छन् । म्याचपछि पत्रकारसँग कुरा गर्दै उनले नेपालभन्दा भारत बलियो देखिएको बताए । प्रशिक्षक अल्मुताइरीले भने, ‘यदि हामी साफ र एसियन कप छनोटमा राम्रो गर्न चाहन्छौं भने खेलस्तरमा सुधार गर्नुपर्छ ।’ सुरुवातदेखि नै नेपालले जितका लागि खेलेको […]
नेपालले एसियाली विश्वकप छनोटमा शुक्रबार बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । यो नेपालको छनोटको दोस्रो चरणको अन्तिम खेल हुनेछ । त्यस अगाडि बिहीबार आयोजित प्रि–पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका छन् ।