म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका थिए । नेपालले ४८औँ मिनेटमा दोस्रो गोल खाएको थियो । त्यसलगत्तै मुख्य प्रशिक्षक अल्मुताइरी मैदानमा अचेत भएका थिए । प्राथमिक...

सम्बन्धित सामग्री

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

धरान (सुनसरी) । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै ओटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइ रहेका छन् । धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुन, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किनु भएको विश्वकर्माले आफ्नै पुख्यौली पेशालाई व्यावसायिक रुप दिने योजना बनाए । त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोल्नु भयो । शुरूमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नु भएको विश्वकर्मा आफैँ खुकुरी बनाउँछन् । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउँछन् । उनका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उनी भन्छन्, “यहाँ उत्पादन भएका खुकुरीहरु भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।” धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्छन्। दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनीहरूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् । घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दै आएका दीपक दर्नाल त्यसको एक उदाहरण हुन । उनले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहेका छन्। कोरोना महामारी भन्दा अगाडि त उनीको उद्योगमा ६० जना कालीगढ थिए । उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तराष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउँछन् । खुकुरी उद्योगबाट हाल मासिक रु ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।’’ उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ । सञ्चालकहरुले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० ओटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय ओटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् । खुकुरीसँग खुकुरीको दाप बनाउनेहरुले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ ओटा परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउँछन् । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सय रुपैयाँदेखि बढीमा १५ हजार रुपैयाँसम्म पर्छ । खुकुरी उद्योग संघ धरानका अध्यक्ष समेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउँछन् । ‘‘अहिले अन्तरराष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भएपनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ’’, उनी भन्छन्, ‘‘नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरुको हौसला बढ्ने थियो । उनीहरुले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यही आग्रह छ ।’’ बजार खस्किएकोमा चिन्ता कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरुका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ । एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउँछन् । उनका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रतिकेजी पर्छ । उनी भन्छन्, ‘‘महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।’’ अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नु पर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरुको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ । उनी भन्छन्, ‘‘सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरु फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउने मात्र होइन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।’’ संस्कृति र इतिहासमा खुकुरी खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रुपमा खुकुरीको पूजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ । नेपालीलाई विश्वमा गोर्खालीका रुपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातिका रुपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरुले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए । अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरुले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अंकित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिन्ह प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ । खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुर्ख्यौलीली पेशाका रुपमा चिनिन्छ । दलित समुदायका पुर्ख्यौली पेशाहरु संकटमा पर्दै गएको बेला खुकुरी बनाउने पेशामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरुमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन् । खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ । विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगतरुपमा काम गर्नुपर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाइ छ । उनी भन्छन्, “स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुर्ख्यौली पेशा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाईदा पुग्थ्यो ।” रासस

‘बैंकमात्रै नाफामा हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंक मात्रै नाफामा हुनु अर्थतन्त्रका लागि राम्रो नभएको बताएका छन् । उनले बैंकसहित केही अन्तरराष्ट्रिय उद्योगी पनि नाफामै रहेको तर त्यसभन्दा बाहेकका उद्योगी व्यवसायी, घरेलु तथा लघु उद्योग घाटामा चल्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुलुकको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको र रेमिट्यान्सले मात्रै मुलुक चल्नुपर्ने अवस्था आयो भन्नु सबैका लागि दु:खद रहेको उनको भनाइ थियो । ‘आर्थिक अवस्था कमजोर बन्दै गएको छ, रेमिट्यान्सको भरमा मुलुक चल्दै छ,’ कार्कीले भने, ‘आयात बढेको तथ्यांक देखिइरहेका छन्, अर्थतन्त्र समस्याको डिलमा पुगेको छ ।’ तीनै तहको सरकार मिलेर घरेलु र लघु उद्यमीलाई प्रोत्साहनका कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारले बनाउने नीतिमै साना तथा घरेलु, लघु, कुटीर उद्योगलाई सहयोग गर्ने कार्यक्रम समेटिनुपर्ने बताए । प्रदेशको आगामी बजेटमा साना उद्यमीले उत्पादन गरेका सामग्रीको बजारको सुनिश्चितता गर्न बजारको खोजीसम्बन्धी अध्ययन अनुसन्धानमा प्रदेश सरकारले सहयोग गर्न सक्ने आश्वासन उनले दिए । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । साधारणसभामा चारजना लघु उद्यमीलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा पथरी शनिश्चरे–२ स्थित न्यू गोर्खाली पाउरोटी उद्योगका सञ्चालक तुलसी ढकाल, एकसय जनालाई रोजगारी दिन सफल व्यवसायी चामुण्डा गार्मेन्टका सञ्चालक नरेश खत्री, विराटनगरको बरगाछीमा ब्यूटीपार्लर सञ्चालन गर्दै आएकी सायदा तबसुम, विराटनगर–१० स्थित पोखरेल कुटानी पिसानी मिलकी सञ्चालक यमुना पोखरेल छन् ।

म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज

२९ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट […]

हामी र हाम्रो गौरव

भारतकोे रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडपर्वहरू पनि सकिए । तर चाडपर्वमा बढी नै रमाउने गरेका हामी निराश भइहाल्नु पर्दैन । किनकि देशमा राजनीतिक, न्यायिक र सामाजिक क्षेत्र जताततै अनेकखाले पर्व र जात्रैजात्रा चलिरहकै छन् र चलिरहने नै छन् । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? चारैतिर निराशा छ । न राजनीति, न न्याय, न शिक्षा, न अर्थतन्त्र सही छ । तर निराशावादीहरूका बीचमा हामीले आशाका किरणहरू खोज्नैपर्छ र हाम्रा पुराना गौरवहरूलाई ब्यूँताउनैपर्छ । शायद त्यसैले झीनो स्वरमै सही केही मानिसहरू राजतन्त्र फर्किने वा फर्काउने कुरा गरिरहेका छन् । वर्तमानमा काम नगर्ने र भविष्य नसोच्नेहरूको काम नै अतीतलाई राम्रो देख्नु हो । त्यसैले पो हो कि खराट गणतन्त्रवादी पनि राजतन्त्रको पक्षमा बोल्न थालेका छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि हामी हिजोभन्दा आज झन् झन् स्वतन्त्र हुँदै गैरहेका छौं । त्यसैले जसलाई जे गर्न मन लाग्यो, जे बोल्न मन लाग्यो मज्जाले पाएका छन् । विगतमा न्यायालयको विषयमा चु सम्म बोल्न पाइन्नथ्यो, आज सडकको बहसको विषय भैसकेको छ । बातले जित्नुपर्ने वकिलहरू मुक्का र हातले नपुगेर लात पनि चलाउन थालेका छन् । योभन्दा बढी स्वतन्त्रता विश्वमा कतै होला र ?   वास्तवमा हाम्रा गौरवहरूलाई हामीले गन्न र भन्न बिर्सेका मात्र हौं । मध्य सडकमा यत्रतत्र फ्ँयाकिएका प्लास्टिक र फोहोरलाई नै हेरौं न, ती हाम्रा दुःखले आर्जेका स्वतन्त्रताका प्रतीक हुन् । यसले हाम्रो देश समृद्धतर्फको यात्रामा अगाडि बढिरहेको संकेत गर्दछ । हामी पुगीसरी आएका कारण जताततै जे पनि छर्ने वा फ्ँयाक्ने हैसियतमा पुगेका हौं । यसको मतलव हामी मध्य आय भएको राष्ट्रको दर्जामा पुग्ने आधा बाटोमा छौं भन्ने पनि हो । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? हाम्रोे देश यति धेरै स्वतन्त्र भैसकेको छ कि हाम्रा सरकारहरू पनि पूर्ण स्वतन्त्र नै छन् । त्यसैले सरकारले सडक लगायत राज्यका सम्पत्तिहरू दशकौंदेखि यत्तिकै विनामर्मत–सम्भार छाडिदिएका छन् । किनकि यो जनता आफैले आफ्नै तालले मर्मत गरून् भनेर छाडिएका हुन् । संसारमा कुन चैं देश यसरी सरकारी हस्तक्षेपविना यति धेरै स्वतन्त्र चलेको छ र ? यस्तो स्वतन्त्रता क्रमशः राज्यका अन्य अंगहरूमा पनि दिन दुईगुना रात चौगुनाका दरले झाँगिइरहेको छ । त्यसैले जसले जेसुकै भनून्, हामी हाम्रो देशलाई माया गर्छाैं, फोहोर होस् वा मोहोर सबै सबै चीजलाई । आखिरमा हाम्रो देश भनेको वीर गोर्खाली भनेर त्यसै चिनिएको हैन नि ⁄ हामी सगरमाथाको देश हो, चाहे दुई तिहाइ भाग चीनमा परेको किन नहोस् । यो डाँफेचरी बस्ने देश हो, जो अहिले लोप हुने अवस्थामा पुगेको छ । हामी हाम्रा राष्ट्रिय जनावरहरूलाई यति धेरै माया गर्छाैं भन्ने त मुख्य जनावरका तस्वीरहरू राष्ट्र बैंकले नोटमा छापेकै कारणले नै प्रमाणित हुन्छ । जंगलमा के भइरहेछ भन्ने कुरा गौण हो । बुद्ध र सीता नेपालमै जन्मेको त नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुनुभन्दा धेरै पहिलेदेखि नै हो । अझ भनौं राष्ट्रसंघको जन्म हुनुभन्दा र राष्ट्रसंघलाई जन्म दिने देशहरू जन्मनुभन्दा पनि धेरै पहिलेदेखि नै हो । अझ राम समेत नेपालमै जन्म्या हो भनेर ‘बा’ले ठोकुवा गर्‍यागर्‍यै छन् । अझ हाम्रा अरनिको बाजेले स्तुपा बनाउन नसिकाएको भए त चाइनिजहरू अहिलेसम्म पनि शायद जंगली नै रहिरहन्थे होला । हामी यस्तो गौरवशाली इतिहास भएको देश पो हो त ! तर अहिले आएर पो हामीलाई अरूले हेप्न थाले बा ! हाम्लाई हेप्ने ? अब भने केही न केही नगरी नहुने भयो । र, केही हुन थालिसकेको पनि थियो । पूर्ववर्ती सरकारले त्यत्रो काम थालिसकेको थियो, गिनिज बुकमा आधाआधी पेज त ती कामले नै भरिन थालिसकेका थिए । तर के गर्नु, फ्याट्ट त्यै सरकार हट्यो । तैपनि चिन्ता छैन । अहिलेको सरकारले पूर्ववर्ती सरकारकै रेकर्ड पनि तोड्न थालिसकेको छ । त्यसैले खबरदार ⁄ कसैले पनि हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत नगरून् ! हामी त दुई ढुंगाबीचको डाइनामाइट पो हो त ! त्यसैले हाम्रो देशको रक्षाकै खातिर पनि हाम्रो सार्वभौम सिमानाभित्र हामीलाई जहाँ मन लाग्यो, त्यहीँ फोहोर फ्याँक्न स्वतन्त्र छौं । सडकमा हाम्रा प्रायः मोटरसाइकल चालकहरूले उपभोग गरिरहेको स्वतन्त्रता त शायद विश्वका कुनै पनि जनताले उपभोग गर्न पाएका छैनन् होला । हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत जसले गर्छ, हामी उसैको देशमा राहदानीविनै छिरिदिन्छौं र त्यहाँ कब्जा जमाइदिन्छौं । हाम्लाई के ठान्या ? हामी यति स्वतन्त्र छौं कि हामीलाई मन लागे जसलाई पनि गाली गर्न वा ताली मार्न सक्छौं । देखिरहनुभएकै छ हाम्रा महान् नेताहरूले एकअर्कालाई गालीको फोहोराले हान्ने गरेका । हाम्रा बुद्धिमान् जनताहरू पनि के कम ? उनीहरू पनि नेताहरूले जे खोके पनि तालीले स्वागत गर्दै तिनका हरेक कुरा मान्ने गरेका ! त्यसैले आउनोस्, हामी सबै लागेर हाम्रा यी परम्परा र हाम्रा यी राष्ट्रिय गौरवहरूलार्ई गर्वका साथ जोगाइराखौं, देशविदेशमा आफ्नो कीर्ति अझ फैलाऔं । हाम्रा साना दुःखले आज्र्याको स्वतन्त्रता हैन, देशी विदेशीहरूले जे गर्न मन लाग्यो, त्यही गर्न पाउने फूलबारी हो यो, सबैलाई चेतना भया !

वीर सहिदको सम्झना

सर्वप्रथम आफ्नो मातृभूमि बचाउन अङ्ग्रेजसँग युद्ध गर्दा आफ्नो ज्यानको आहुति दिएर सहादत प्राप्त गर्नु हुने देशभक्त अमर सहिदप्रति सलाम गर्दछौँ । त्यसका साथै साथै राणाशासन विरुद्ध आफ्नो फौज खडा गरी विद्रोह गर्न तयार हुनुभएका प्रथम सहिद लखन थापा तथा पञ्चायती शासन विरुद्ध जीवन आहुति दिने, जेलनेल खाने सम्पूर्ण सहिदप्रति सलाम गर्दछौँ । एवम् प्रकारले राष्ट्र, राष्ट्रियताको लागि जीउज्यानको आहुति दिने महान सहिदलाई स्मरण गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्दै सलाम गर्दछौ । पृथ्वनारायण शाहले वि.सं. १८०१ देखि १८२७ सम्म ससाना राज्यमा विभाजित राज्यलाई जित्दै एकीकृत नेपाल बनाए । १८३१ मा उहाँको निधन भयो । त्यसपछि अरू राजाहरूले बाइसे÷चौबिसे राज्यलाई एकीकृत नेपाल राज्यमा मिलाउँदै गए । पृथ्वीनारायण शाहको पालामा नेपाल राज्य ८०० माइल लामो थियो । पूर्वमा सिक्किम, पश्चिममा सतलज, उत्तरमा हिमालय दक्षिणमा गोरखपुरसम्म नेपाल मानिन्थ्यो । यो विशाल नेपालको एकीकरण देखेर भारतमा शासन गरिरहेको साम्राज्यवादी शक्ति इस्ट इन्डिया कम्पनीको चिन्ता बढेर गयो । इस्ट इन्डिया कम्पनीका जनरल हेस्टिङ्सले नेपालमाथि सन् १८१४, वि.सं.१८७१ मा विधिवत युद्धको घोषणा गरेर पूर्वमा सिक्किम, पश्चिममा सतलज, दक्षिण गोरखपुरमा अत्याधुनिक हतियारसहित अङ्ग्रेज फौज तयार गरे । नेपालको तर्फबाट नालापानी किल्लामा बलभद्र कुँवर, देउथलमा भक्ति थापा, पश्चिम क्षेत्रमा अमरसिंह थापा, साथै अन्य क्षेत्रमा पनि फौज तयार गरिएको थियो । नेपाली फौजसँग कुनै अत्याधुनिक हतियार थिएनन् । टोप, खुकुरी, भाला, धनुषवाणबाहेक केही थिएन । अङ्ग्रेजसँग नालापानीमा घमासान युद्ध भयो । नेपाली सेनाका कमान्डर बलभद्र कुँवरसँग ६०० सेना रहेका थिए । युद्धमा नेपाली फौजले अङ्ग्रेज कमान्डर जेलेस्पी एलिसलाई बाण हानेर मारिदिए । त्यतिखेर ६५० सिपाही मारिए । अङ्ग्रेज फौजले नेपाली फौजसँग लड्न नसक्ने देखेर कूटनीतिक तरिकाबाट नालापानी किल्लाको पानीको मुहान काटिदिए । पानी खान नपाएर गोर्खाली फौजका ५३० जनाको मृत्यु भयो । छ दिनसम्म लगातार युद्ध चलेको थियो त्यतिखेर । अङ्ग्रेजले वीर सत्रु बलभद्र कुँवर र गोर्खालीको स्मृतिमा शिलालेख स्थापना गरे । यो युद्ध नेपालीका लागि अविश्मरणीय रहेको छ । त्यसैगरी, देउठल ...