चर्को ब्याजमा रकम लगानी गरेर सोझासिधा सर्वसाधारणलाई उठीबास बनाउने सुदखोर/साहुकार र मिटरब्याजीलाई निर्वाचनमा उम्मेदवार नबनाउन सरकारी कार्यदलले सिफारिस गरेको छ । कार्यदलले सुदखोर र मिटरब्याजीबाट राजनीतिक दलले कुनै पनि आर्थिक सहयोग नलिने, दलका कुनै पनि संयन्त्र र तहमा जिम्मेवारी नदिने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।