धनुषाका मिटरब्याजी पीडितसँग कार्यदलको छलफल

जनकपुरधाम – गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले धनुषाका मिटरब्याजी पीडितसँग छलफल गरेका छन्। जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको अधिकृत संगममा समितिले धनुषाका मिटरब्याजीसँग शनिबार छलफल गरेको छ। उनीहरूसँग छलफल गर्दै पीडितहरू कसरी ऋण लिएको, कति ब्याजदरमा लिएको र कसरी पीडित बनेको त्यस सम्बन्धमा छलफल गरेका हुन्। कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव […]

सम्बन्धित सामग्री

मिटरब्याज पीडितहरुालई आजै प्रधानमन्त्रीले भेट्ने

काठमाडौं, १७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्ने भएका छन्। शुक्रवार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने भएका हुन्। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको जनाए। उनले सरकारसँगको छलफल सकारात्मक रहेको बताए।

मिटरब्याजपीडितहरूलाई प्रधानमन्त्री दाहालले भेट्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरूलाई भेट्ने भएका छन् । शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो ।

कार्यदलद्वारा मिटरब्याजी पीडितसँग छलफल

“ऋण लिएको भन्दा पाँच गुणा बढी साँवा ब्याजसहित साहुुँलाई चुक्ता गरे पनि धितोमा राखिएको जग्गा फिर्ता नपाएको”, धनुषाको बटेश्वर गाउँपालिका–२ का रामवृक्ष महराले दुखेसो पोखिरहँदा गृहमन्त्रालयबाट आएको टोलीका सदस्य आश्चर्यमा परे । गृह मन्त्रालयद्वारा गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज जनकपुरधाममा आयोजना गरेको धनुषाका मिटरब्याजी पीडित तथा जनप्रतिनिधिलगायतसँग छलफल कार्यक्रममा पीडित महराले जग्गा फिर्ता गर्न साहुुलाई आग्रह गर्दा उल्टै विभिन्न किसिमको धम्की दिइरहेको द