संघीयतापछि तीन तहका सरकार बने । तीन तहका सरकारले विकास निर्माणको काम पनि आफ्नो आफ्नो तह अनुसार नै अगाडि बढाए । यसरी विकास निर्माणका काम अगाडि बढाउने क्रममा विभिन्न भ्यू टावर र स्वागतद्वार बनाउने गरेको कुरा मिडियामा विभिन्न तस्विरहरुसँगै राखेर देखाइएको पनि पाइयो । तस्विरहरु हेर्दा ती विकास निर्माणका कामहरु हुन कि होइनन भनेर हामीले हेर्नुपर्ने छ । तलतिर कति विकास भए भनेर नदेखेर हेर्नका लागि अग्लो ठाउँमा भ्यू टावर बनाइएको हो कि ? यो व्यंग्यात्मक जस्तो पनि देखियो । जनतालाई फुर्सद छैन, गाउँ गाउँमा डुल्ने फुर्सद छैन त्...