हाम्रा नेताको यस्तो छ पावर, जताततै ठड्याए भ्यू टावर!

हिजो प्रचण्ड। आज ओली। भ्यू टावर उद्‍घाटनको जारी रह्यो रफ्तार। जनतासँग जोडिएर काम गर्न नसकेपछि देखाउने के त? नेताहरुले सुझाए उपाय - बनाए टावर। लहर नै चल्यो देशव्यापी। भ्यू टावर विकासको बन्यो नमूना। प्रतिस्पर्धा हुन्थ्यो त नेपालले सबैलाई जित्थ्यो - छोटो अवधिमा भ्यू टावरमय देश बनाउन। अभावका श्रृङ्खलालाई लत्याउँदै कंक्रिटका चुचुरा…