कर्णाली प्रदेश सरकारले संसदमा प्रस्तुत गर्न लागेको कर्णाली सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पत्रकारले ध्यानाकर्षण गराएका छन्। बुधबार नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारीले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्।