भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णयविरुद्ध मनोहरा सुकुम्बासी बस्तीमा प्रदर्शन

काठमाडौं : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा बिहीवार मनोहरा सुकुम्बासी बस्तीमा आयोग विघटन गर्ने निर्णयको विरोधमा प्रदर्शन गरिएको हो। भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दिन अन्तिम अवस्थामा आयोज खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न बाध्य भएको सहभागीहरुले बताए। सो…

सम्बन्धित सामग्री

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो फिचर)

१ भदौ, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुम्बासी संगठनले मंगलबार माइतीघर मण्डलामा संयुक्त रुपमा सडक प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हाम्रो बसोबासको ग्यारेन्टी गर’, ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर,’ ‘भूमिहीन सुकुम्बासी, दलित […]

भूमि आयोग खारेजको विरोधमा कोटेश्‍वरमा प्रदर्शन

काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौँको कोटेश्‍वरमा प्रदर्शन गरिएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनले नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमाआयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्‍यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन :स्थापना गर’ भन्दै नाराबाजी गरेका छन् । नेपाल भूमिहीन […]

भाइरल तस्वीरमा देखिएका युवा को हुन् ?

२१ साउन, काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले […]

भूमिसम्बधी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

२१ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित […]

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजविरुद्ध सुकुम्बासी संगठन आन्दोलित

काठमाडौं : नेपाल भूमिहीन सुकुम्बासी संगठनले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै आन्दोलनको कार्याक्रम घोषण गरेको छ। संगठनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विरोधका कार्याक्रम सार्वजनिक गरेको हो। विज्ञप्तिमा साउन २२ गते (भोलि) ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने उल्लेख छ। २३ गते देशभरका भूमिहीन सुकुम्बासी अव्यवस्थित वस्तीहरूमा जानकारी तथा जागरण कार्याक्रम गरिने तथा २४ गते जिल्लाभरी विरोधसभा कार्यक्रम गरिने  विज्ञप्तिमा उल्लेख छ।

आयोग खारेजीसँगै धादिङका सुकुम्बासी अन्योलमा

धादिङ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोबासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो । त्रिपुरासुन्दरी गाउँपालिकाले पहिचान गरेको २५ सुकुम्बासीहरूको जग्गा आयोगबाट खटिएको अमिनीले नापजाँच गरेको थियो […]

आयोग खारेजीले एक हजार सुकुम्बासी अन्योलमा

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को  हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोवासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने  काम अलपत्र परेको हो ।त्रिपुरासुन्दरी गाउँपालिकाले पहिचान गरेको २५  सुकुम्बासीहरूको जग्गा आयोगबाट खटिएको अमिनीले नापजाँच गरेको थियो । सुकुम्बासीहरूले ४५ दिनभित्र जग्गाको लालपुर्जा पाउने भएकामा  उक्त निर्णयले काम रोकिएको आ

सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन तीव्र गरिँदै

सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्न देशभर तीव्ररुपमा लगत सङ्कलनको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालयको आज उद्घाटन गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले अर्को वर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताए । विगतमा जिल्ला तहमा हुने गरेको काम यसपटक स्थानीय तहलाई जिम्मा दिइएको उनले बताए । 'देशभर १३ लाख सुकुम्बासी, अव्यवस्थित होलान् भन्ने अनुमान गरेका थियौँ,' उनले भने, 'तर पछिल्लो अवस्था हेर्दा यो सङ्ख्या बढ्ने देखिएको छ ।&...

जग्गा दर्ता हुने आशामा सुकुम्बासी : राजश्व जुटाउने चिन्ता

तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन । पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोग र नगरपालिका कार्यालयको संयुक्त पहलमा ऐलानी तथा पर्ति जग्गामा बसेका अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य भइरहँदा भने धनीपुर्जा पाउने आशा उनमा जागेको हो । “तीस वर्षदेखि बसे