अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न लागू भएको लकडाउनले नेपालको कृषि क्षेत्रमा पनि गम्भीर र दूरगामी असर पारेको छ । नेपाल कृषिप्रधान मुलुक भए पनि हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्न खाद्यान्न आयात गर्नुपरिरहेको बिडम्बना छ र लकडाउनले यस क्षेत्र प्रभावित हुँदा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । छिमेकी मुलुक भारत समेत यस प्रकोपबाट आक्रान्त भएकोले हामीलाई रोगबाट मात्र नभइ भोकको चुनौती पनि उत्ति नै थपिएको छ ।