जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

रसुवामा निर्माणाधिन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ। आयोजनाको भवन निर्माणका लागि अधिग्रहण गरेको ४१ रोपनी जग्गाको मुआब्जा वितरण गरेको हो। आयोजनाले ७ जना जग्गाधनीलाई ५ करोड रकम वितरण गरेको आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले बताए।

सम्बन्धित सामग्री

फुकोट कर्णाली जलविद्युतको मुआब्जा वितरण

कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासनले सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सकिने अवस्थामा रहेको प्रशासनले जनाएको छ । यहाँको प्रशासनले चरण-चरणमा गरी ०७६ देखि जग्गाको लगत कट्टी गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।

ह्रास कट्टीमा सहमति नहुँदा मुआब्जा वितरण रोकियो

जाजरकोट– अर्थ मन्त्रालयले जाजरकोटमा निर्माण हुने ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजना प्रभावितलाई ह्रास कट्टी नगरी घरको मुआब्जा दिन सहमति नदिँदा काममा विलम्ब हुँदै गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि अर्थले सहमति नदिँदा तीन वर्षदेखि ढिला हुँदै आएको हो । […]

मुआब्जा वितरण न्यायसंगत नभएको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तारमा सम्बन्धित जग्गा धनीहरुसँग छलफल नै नगरी कम मुआब्जा वितरण गरिएको भन्दै उपप्रधान एवं गृहमन्त्रीलाई सम्बन्धित जग्गाधनीहरुले ज्ञापनपत्र बुझाएका छन् । शुक्रवार उनीहरुले सिंहदरबारमा मन्त्री श्रेष्ठलाई भेटेर कानूनसम्मत रुपमा मुआब्जा वितरण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मुआब्जा निर्धारण […]

बूढीगण्डकीको मुआब्जा वितरण अन्तिम चरणमा

राष्ट्रिय महत्व बोकेको जलाशयुक्त बूढीगण्डकी आयोजना क्षेत्रभित्रको जग्गाको मुआब्जा र भौतिक संरचना तथा बोट बिरुवाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारिएको एक हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न दुई खर्ब ६० अर्ब लाग्ने छ । आयोजनाको बाँध उचाइ २ सय ६३ मिटर र […]

तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि २५ टावर तयार

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् । हालसम्म ४८ वटा फाउण्डेसन कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँ तर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवन तर्फको जग्गा अधिग्रह

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न कम्पनी खोल्ने सरकारको निर्णय

सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि कम्पनी खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको उक्त आयोजन निर्माण गर्नको लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो  । कम्पनीमा विद्युत प्राधिकरण, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, स्थानीय तह, सर्बसाधारण लगायतको लगानी रहने छ । सरकारले यस अघि उक्त आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडबाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरिसकेको छ । आयोजनाले आयोजना प्रभावितलाई अधिग्रहण गरिएका जग्गामा रहेका घरगोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति दिने निर्णय गरेको थियो । चैत्र २१ गते बसेको आयोजनाको मुआब्जा निर्धारण गर्दै गोरखा र धादिङका आयोजना प्रभावितलाई अधिग्रहण गरिएका जग्गामा रहेका घरगोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति दिने निर्णय गर्दै क्षतिपूर्तिको दर समेत तोकेको हो ।आयोजनाले क्षतिपूर्ति दाबी गर्नको लागि चैत्र २२ गतेदेखि नै आवेदन दिन आग्रह गरेको छ। आयोजनाले धादिङतर्फ साबिक गा.वि.स. हरू (सलाङ, खरी, मैदि, चैनपुर, ज्यामुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, वुढाथुम, वसेरी, मार्पाक र त्रिपुरेश्वर) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) भुक्तानी गर्ने छ । त्यस्तै आयोजनाले गोरखातर्फ साबिक गा.वि.स. हरू (घ्यालचोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी तथा थुमी) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) दिने छ ।सम्बन्धित जग्गा धनीहरूले मुआब्जा (क्षतिपूर्ति) रकम दाबी गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा लगायतका आफूसँग भएको प्रमाण सहित ०७८/१२/२२ गते देखि मुआब्जा (क्षतिपूर्ति) लिन रु.१०/- को टिकट टाँसी रीतपूर्वकको निवेदन सहित गोरखास्थित गण्डकी गाउँपालिका-८, सिउरेनिटारमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना एकाइको कार्यालयमा सम्पर्क राख्न आयोजनाले आग्रह गरेको छ ।

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ।

बूढीगण्डकी आयोजना प्रमुखलाई ध्यानाकर्षण

गजुरी– स्थानीय अगुवा तथा सरोकारवालाले बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका प्रमुखलाई १० बुँदे सुझाव पत्रमार्फत ध्यानाकषर््ाण गराएका छन् । हाल सालै सरुवा भएका आएका आयोजना प्रमुख जगतकुमार श्रेष्ठलाई डुबान पीडित अर्थात् जिल्ला समन्वय समितिका सदस्य कमलनारायण श्रेष्ठले १० बँुदै ध्यानाकर्षणपत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझाउन डुबान क्षेत्रका सरोकारवालाको सहभागिता […]

बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख नियुक्त

बुढीगण्डकी जलविद्युत आयोजना प्रमुखको नियुक्ति भएको छ । करिब एक महिनायता प्रमुख बिहिन भएकामा ऊर्जा मन्त्रालयले जगत कुमार श्रेष्ठलाई नयाँ प्रमुखमा नियुक्त गरेको हो । प्रमुख नहुँदा डुबान प्रभावित सबै घरधनीमा सरकारले निर्णय गरे बमोजिम घर गोठ लगायत बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु हुन नसकेकामा अब यो कार्य अघि बढ्ने विश्वास लिइएको छ ।

बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने

बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने भएको छ । गत पुस ३० गते बसेको मन्त्रीपरिषदको बैठकले आयोजना डुबान क्षेत्रमा पर्ने घरगोठ लगायतका अन्य संरचनाको ह्रासकट्टी नगरी मुआब्जा वितरण गर्ने निर्णय गरेको हो ।