ह्रास कट्टीमा सहमति नहुँदा मुआब्जा वितरण रोकियो

जाजरकोट– अर्थ मन्त्रालयले जाजरकोटमा निर्माण हुने ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजना प्रभावितलाई ह्रास कट्टी नगरी घरको मुआब्जा दिन सहमति नदिँदा काममा विलम्ब हुँदै गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि अर्थले सहमति नदिँदा तीन वर्षदेखि ढिला हुँदै आएको हो । […]