ताप्लेजुङ – ताप्लेजुङमा पानीसँगै परेको असिनाले आलुलगायतका बाली नष्ट गरेकाे छ । शुक्रवार दिउँसाे परेकाे असिना पानीले आलुकाे पकेट क्षेत्र मानिएको फुङलिङ नगरपालिका ९ बुङकुलुङ क्षेत्रमा आलुलगायतका बली नष्ट भएकाे स्थानीयवासी पासाङरीता शेर्पाले बताउनुभयो । झण्डै आधा घण्टा जति परेकाे असिना पानीले गाेडेर ठिक्क पारेर अब फल्छ कि भन्ने भएकाे आलुलाई
नष्ट गरेकाे उहाँले बताउनुभयो ।
शेर्पाले आउँदाे वर्षका लागि बिउसमेत नहुने बताउनुभयो । उहाँले भन्नुभयो, तरकारी बेचेर गुजारा गर्ने बुङकुलुङ गाउँलाई अ...