काठमाडौं- काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरूसँग नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।
नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।
वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।