समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्ने

समृद्धि फाइनान्स Samriddhi Finance Company ले फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गर्ने भएको छ । कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।  हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ  ।  हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।   वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।   

सम्बन्धित सामग्री

झापा ईनर्जीले आईपीओ निष्काशन गर्ने

झापा ईनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सिभिल क्यापिटल मार्केट सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा झापा ईनर्जी लिमिटेडका प्रबन्ध […]

राप्ती हाइड्रोले आईपीओ निष्काशन गर्ने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि , १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने

रारा हाईड्रोपावरले आईपीओ निष्काशन गर्दै

काठमाडौँ– रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी […]

सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता

समता घरेलु लघुवित्त वित्तिय संस्था एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको छ । दुई संस्थाबीच शुक्रबार सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।समता घरेलु लघुवित्त वित्तीय संस्थाको बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न आईबिएल एस क्यापिटलसँग

सानिमा मिडिल तमोर हाइड्रोले आइपीओ निष्काशन गर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग […]

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

ऋणपत्र निष्काशन गर्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ७ गतेदेखि साउन ११ गतेसम्म ८.७५ प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्काशन गर्ने भएको हो। बैंकले प्रतिकित्ता एकहजार रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। पाँचलाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी सातलाख ५०हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।