समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रदमा अवितरित शेयर आज चैत्र २९ गतेदेखि लिलाम गर्न लागेको छ । कम्पनीले  हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो। यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ । लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।   संस्थापक समूहको शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण खरीदकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वित्तीय विवरण, कम्पनीको आयस्रोत खुल्ने कागजात, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन अनुसार संस्थापक शेयर खरीद गर्न योग्य हुनुपर्नेछ। यस लिलामीको शेयरमा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छ ।आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् बि.ओ.के. क्यापिटल मार्केट लि., नारायणचौर, नक्साल, काठमाण्डौ।बैंक अफ काठमाण्डू लि.को शाखा कार्यालयहरु: मेनरोड- बिराटनगर, आदर्शनगर -विरगंज, न्यूरोड -पोखरा, ट्राफिक चोक -बुटवल, सुर्खेत रोड - नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर- सुर्खेत मेनरोड, चौराहा- धनगढी।समृद्धि फाइनान्स कम्पनी लि. केन्द्रिय कार्यालय हेटौडा- मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक- काठमाडौं, नारायणगढ-चितवन, पोखरा- कास्की, बुटवल-रुपन्देही।कम्पनिले हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिसकेको छ। हकप्रदमा संस्थापकतर्फ ६३ जना र सर्वसाधारणतर्फ ८ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा उनीहरुलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।कम्पनीले  फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो । फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।     वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

सम्बन्धित सामग्री

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि।एम।एस।व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको हो । उक्त सम्झौता पत्रमा समृद्धिको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्पmबाट प्रमुख […]

समृद्धि फाइनान्स र 'ए टु जेड' अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५...

बद्रीलालले जिते समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिप

पूर्वनेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा उनले उपाधि जितेका हुन् ।  पाँचौँ...

समृद्धि फाइनान्स र ग्रोथ सेलरबिच सम्झौता

काठमाडौं, २० साउन । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रा.लीबिच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । दुई कम्पनीबीच गत साउन १७ गते सम्झौता भएको हो । यो सम्झौता पछी समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्ने जनाएको छ । संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ती दक्ष अर्धदक्ष, […]

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता

काठमाडौं, ४ बैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो । यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै (Laptop, Mobile, TV र अन्य electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार […]

समृद्धि फाइनान्स र कुमारी बैंकबीच सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाबाट सजिलै लिन सकिनेछ ।नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको […]

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक बिनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरूबाट सजिलै लिन सकिन्छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले ब

समृद्धि फाइनान्स र फेवाबजारबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच कन्जुमर ईएमआइ कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । अब ५० हजारदेखि पाँच लाखसम्मको सामग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवाबजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन् । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभास श्रेष्ठ र फेवाबजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले […]

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]