अक्सिजनको माग बढ्यो,अक्सिजन लिन उद्योग धाउँदै अस्पतालहरु

अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अस्पतालहरुलाई अक्सिजन धान्न मुश्किल परेको छ । अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमित बिरामीहरुको लागि अक्सिजनको आवश्यकता बढेपछि काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेमा रहेको अक्सिजन उद्योगमा अक्सिजन लिनको लागि धाउने क्रम बढेको छ । अक्सिजनको सिलिण्डर बोकेर काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योती ग्यासेस प्रालिमा अक्सिजन लिन आउनेको घुँईचो लागेको छ । ‘जिल्लामा रहेको अक्सिजन उद्योगमा दैनिक रुपमा सयौँ सिलिण्डर अक्सिजन उपलब्ध गराइ दिनुप¥यो भन्दै आउने अस्पतालहरुको सङ्ख्या थुप्रै रहेको छ’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँले उद्योगको क्षमताभन्दा धेरै अक्सिजनको माग आइरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले उद्योगमा काठमाडौँको बिर अस्पताल, शिक्षण अस्पताल, नेपाली सेनाको अस्पताल, शसस्त्र प्रहरी अस्पताल, अल्का अस्पताल, नागरिक अस्पताललगायतका थुप्रै अस्पतालबाट अक्सिजन उपलब्ध गराइदिन फोनहरु आउने गरेको बताउनुभयो । उहाँले जिल्लामा रहेको धुलिखेल अस्पाल, शिरममोरियल अस्पताललगायतका अस्पतालमा समेत सोही उद्योगबाट अक्सिजन उपलब्ध गराउँदै आएकोले जिल्ला र काठमाडौँबाट आएको माग धान्न मुश्किल हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

आवश्यक स्थानमा अक्सिजन पठाउँदै प्रदेश १

विराटनगर । अक्सिजनको अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला प्रदेश १ बाट मुलुकका अन्य स्थानमा अक्सिजन पठाउन थालिएको छ । मोरङ र सुनसरी प्रशासनको समन्वयमा आवश्यकता र प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशमा अहिले अक्सिजन अभाव नरहेको बताए । प्रदेशमा आवश्यकताभन्दा बढी नै उत्पादन भइरहेकाले अति अभाव रहेका अन्य स्थानमा पठाउन सहज भएको उनको भनाइ छ । अक्सिजन आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितको अकालमै ज्यान गइरहेको अवस्थालाई रोक्ने प्रयास स्वरूप अक्सिजन पठाउने काम भइरहेको निरौलाले बताए । उनका अनुसार यसअघि सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषा लगायतसम्म प्रदेश १ बाट अक्सिजन जाने गरेको थियो । तर अहिले कोरोनाका कारण सबैतिर अक्सिजनको हाहाकार हुँदा भैरहवा, डँडेलधुरा, काठमाडौं, मकवानपुर, दाङलगायत स्थानलाई पनि प्रदेश १ मा रहेका उद्योगले भरथेग गनुपर्ने अवस्था आएको प्रजिअ निरौलाको भनाइ छ । माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताए । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर अक्सिजन पठाउने गरिएको छ । सेनाको जहाजबाट शनिवार पनि दुईपटक भैरहवामा अक्सिजन लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै ५९२ सिलिन्डर बाहिर पठाइएको छ । एसपी खड्काले अक्सिजनको अभाव खड्किएका बेला प्रदेश १ ले ठूलो योगदान गरिरहेको बताए । एक साताको अवधिमा सुनसरीबाट २ हजारभन्दा बढी सिलिन्डर अक्सिजन बाहिर पठाइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । संक्रमण तीव्र रूपमा फैलिएर अक्सिजनको माग बढ्दा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएकाले आवश्यकता परेका स्थानमा पठाउन थालिएको उनको भनाइ छ । मोरङमा दुई र सुनसरीमा तीनओटा अक्सिजन उद्योग छन् । सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन् । प्रदेश १ मा भने अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म अक्सिजन खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उनको भनाइ  छ । यसैबीच, संघीय राजधानीमा अक्सिजनको कमी हुन थालेपछि नेपाली सेनाको जहाजले खाली सिलिण्डर विराटनगर विमानस्थलसम्म ल्याउने र सुनसरी मोरङमा रहेका अक्सिजन प्लान्टबाट अक्सिजन भरेर राजधानी लैजान थालेको छ । नेपाली सेनाले वैशाख २९ गतेदेखि त्यसरी अक्सिजन सिलिण्डर भरेर राजधानी लैजान थालेको हो । पहिलोपटक संखुवासभाबाट संकलन गरिएका १५० थान अक्सिजन सिलिण्डर सुनसरीका हिमाल, मारुती र दुर्गा अक्सिजन प्लान्टमा भरेर ट्रक मार्फत राजधानी पठाइएको थियो । त्यसैगरी वैशाख ३० गते ६० ओटा खाली सिलिण्डर विनायक अक्सिजन प्लान्टमा भरेर भैरव गण मोरङले राजधानी पठाएको थियो । ३१ वैशाखमा कृष्णदल गणले जहाजबाट आएका ६० ओटा अक्सिजन सिलिण्डर सुनसरीको पाथीभरा अक्सिजन प्लान्टमा भरेर राजधानी पठाएको थियो । जेठ १ गते ६० ओटा सिलिण्डर भरेर सेनाको जहाजमार्फत भैरहवा लगिएको सैनिक स्रोतले बताएको छ ।

उद्योगले धान्नै सकेनन् अक्सिजनको माग

अक्सिजन उद्योगमा अक्सिजनको माग अचाक्ली बढेको छ । २० प्रतिशत क्षमतामा चल्ने उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदासमेत माग धान्न धौधौ परेको छ । कोभिड संक्रमण बढेसँगै उपत्यकाका उद्योग २४ सै घण्टा सञ्चालन भइरहे पनि अस्पतालको माग धान्न सकेका छैनन् ।

अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग संघ चितवन

वैशाख २५, चितवन । उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड संक्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो । संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीवारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो । उनका अनुसार धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । जिल्लाका ४० ओटाभन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० ओटाभन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।            संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उनका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ । अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले जानकारी दिए । रासस

बजारबाट अक्सिजनका खाली सिलिण्डर कम्पनीमा पठाउँदै प्रहरी

पर्वत : कोरोना संक्रमितको उपचारको लागि अक्सिजनको माग बढ्दै गएको बेला जिल्ला प्रहरी कार्यालय कास्कीले उदाहरणीय कामको थालनी गरेको छ।मागअनुसार अक्सिजनको आपूर्ति कम भइरहेको बेला बजारका विभिन्न पसल, उद्योग, व्यक्तिसँग अक्सिजनका सिलिण्डर जम्मा पारेर अक्सिजन उत्पादक कम्पनीहरूलाई वितरण गर्ने काम प्रहरीले गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले खाली सिलिण्डर संकलन गर्दै उत्पादक कम्पनीलाई बुझाउने गरेको जानकारी दिए।‘कोरोना सङ्क्रमितको उपचार गरिरहेका

सीएनआई भन्छ- मौज्दात सिलिन्डर फिर्ता गर्नुहोस्

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले सम्पूर्ण उद्योगी/व्यवसायीलाई अक्सिजनको मौज्दात सिलिन्डर फिर्ता गर्न अपिल गरेको छ। सीएनआईले सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन प्लान्टमा सिलिन्डर बुझाउन भनेको हो। कोरोनाको दोस्रो लहरसँगै अक्सिजनको माग बढे पनि उद्योगी, व्यापारी र सर्वसाधारणले अक्सिजनका सिलिन्डर मौज्दात राखिरहेका छन्।

शुक्रबार एक हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलित

काठमाडौंः कोरोना संक्रमण तीव्र गतिमा बढ्दै जाँदा देशभर अक्सिजनको माग बढिरहेको छ। साथै, सिलिण्डर संकलनको कार्य पनि हाल भइरहेको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका एक हजार ८१६ थान अक्सिजन सिलिण्डर जम्मा गरिएको गृह मन्त्रालयले जनाएको छ।…

सीएनआई भन्छ- मौज्दात सिलिन्डर फिर्ता गर्नुहोस्

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले सम्पूर्ण उद्योगी/व्यवसायीलाई अक्सिजनको मौज्दात सिलिन्डर फिर्ता गर्न अपिल गरेको छ। सीएनआईले सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन प्लान्टमा सिलिन्डर बुझाउन भनेको हो। कोरोनाको दोस्रो लहरसँगै अक्सिजनको माग बढे पनि उद्योगी, व्यापारी र सर्वसाधारणले अक्सिजनका सिलिन्डर मौज्दात राखिरहेका छन्।

अक्सिजन उद्योग चौबीसै घण्टा

कोभिडको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजन उद्योग चौबीसै घण्टा चल्न थालेका छन् । सातायता अक्सिजनको माग थोग्नै नसक्ने गरी बढेकाले सबैजसो प्लान्ट चौबीसै घण्टा चलाउनुपरेको नेपाल अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ ।

दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने

दाङ। विद्युत अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने भएको छ। उक्त उद्योगलाई चाहिने बिजुली चौबिसै घण्टा वितरण गर्न छुट्टै लाइन जोडिनेछ। कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढेपछि उद्योगलाई फेरि सञ्चालनमा ल्याइने भएको हो। ६ वर्ष पहिला स्थापना भएको उद्योग विद्युत नपाएपछि बन्द भएको थियो।

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो ।  उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत