दोस्रो लहरका बेला २४ सै घण्टा चालू अवस्थामा रहेका ती उद्योगहरु अहिले प्रायः कामविहीन भएका छन् । ती अक्सिजन सिलिण्डरहरु उद्योगमा नल्याउने हो भने अर्को लहर आउँदा बजारमा अक्सिजनको अभाव हुने उद्योगीहरु बताउँछन् ।
वितरण गरिएका सिलिण्डर खाली भएपछि खोजी गरी लेखाजोखा राखेर प्रभावकारी व्यवस्थापन नगरे अक्सिजन अभाव खेप्नुपर्ने अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सरदाले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ ।
अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको छ ।
कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत आपूर्ति हुने फिडरहरुको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
साथै सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताउनुभयो । उहाँले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत आपूर्तिको समस्या नरहेको उल्लेख गर्नुभयो ।
२३ वैशाख, काठमाडौं । ललितपुरमा सञ्चालित अक्सिजन उत्पादन गर्ने तीनवटा उद्योगलाई चौबीसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले बिहीबार पाटनको सगरमाथा अक्सिजन नेपाल प्रालि, …
२२ वैशाख, देउखुरी । विद्युत अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका–३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ ।
कोरोना …
दाङ। विद्युत अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने भएको छ। उक्त उद्योगलाई चाहिने बिजुली चौबिसै घण्टा वितरण गर्न छुट्टै लाइन जोडिनेछ। कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढेपछि उद्योगलाई फेरि सञ्चालनमा ल्याइने भएको हो। ६ वर्ष पहिला स्थापना भएको उद्योग विद्युत नपाएपछि बन्द भएको थियो।
दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत