काठमाडौंः कोरोना संक्रमण तीव्र गतिमा बढ्दै जाँदा देशभर अक्सिजनको माग बढिरहेको छ। साथै, सिलिण्डर संकलनको कार्य पनि हाल भइरहेको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका एक हजार ८१६ थान अक्सिजन सिलिण्डर जम्मा गरिएको गृह मन्त्रालयले जनाएको छ।…