काठमाडौं । सामाजिक सञ्जाल फेसबुक (Facebook) को मातृ कम्पनी मेटा (Meta) ले व्यापक कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ । कम्पनीले बुधवार कम्पनीभर बृहत् स्तरमा कर्मचारीलाई कामबाट निकाल्न लागेको बताइएको छ ।
कम्पनीका संस्थापक मार्क जुकरबर्ग (Mark Zuckerberg) को कम्पनीलाई थप कार्यकुशल बनाउने लक्ष्य हासिल गर्न टिम र कामको पुनःसंरचना गर्ने क्रममा फेसबुक, ह्वाट्सएप (WhatsApp), इन्स्टाग्राम (Instagram) र रियालिटी ल्याब्स सबैतिर कर्मचारीलाई निकाल्ने तयारी भइरहेको संकेत मेटाले गरेको छ ।
मेटाले व्यवस्थापकहरूलाई बुधवार नै रोजगारी कटौतीको घोषणाको तयारी गर्न सूचित गरेको बुझिएको छ । खर्च कटौती गर्ने कम्पनीको प्रयासअन्तर्गत कम्पनीले थप १० हजार कर्मचारीलाई कामबाट निकाल्न लागेको हो । जुकरबर्गले मार्चमा नै कर्मचारी कटौतीको घोषणा गरेका थिए । मेमा कटौतीको नयाँ चरण शुरु हुनेछ ।
५ महीनाअघि नोभेम्बरमा मेटाले आफ्नो कार्यबलको करीब १३ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको थियो । त्यति बेला करीब ११ हजार जागिरविहीन बनेका थिए । कम्पनीले अहिले भनेअनुसार कर्मचारीलाई जागिरबाट निकाले करीब ६ महीनामा २१ हजारको जागिर जानेछ ।
कम्पनीले पहिलो त्रैमासदेखि नयाँ कर्मचारी भर्ती पनि रोक्का गरेर राखेको छ । सिलिकन भ्यालीभर व्यवसायहरूले समेत अहिले खर्च कम गर्न कर्मचारी कटौती सहितका अन्य उपायहरू अपनाउने होड चलेको छ ।
कम्पनीले सकेसम्म आफूलाई पातलो बनाउन अनि व्यवसाय र प्रशासनिक कर्मचारी एवम् प्राविधिक र इञ्जिनियरहरूबीचको अनुपातलाई सन्तुलित राख्ने लक्ष्य लिएको व्यवस्थापकहरूको नाममा जारी गरिएको मेमोमा जुकरबर्गले संकेत गरेका छन् ।
समूहहरूलाई पुनःसंगठित गरिने अनि बाँकी रहेका कर्मचारीहरूलाई पनि नयाँ व्यवस्थापकहरूको मातहतमा कामको जिम्मा दिइने बुझिएको छ । मेटाले बुधवार उत्तर अमेरिकामा सम्भव भएका सबै कर्मचारीहरूलाई घरबाटै काम गर्ने भएको छ । एजेन्सी
२५ कात्तिक, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् । फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको […]
ट्वीटरका नयाँ मालिक इलन मस्कले यो साता करिब ३७ सय कर्मचारी बर्खास्त गरे । कम्पनीमा प्रतिदिन ४० लाख अमेरिकी डलर घाटा भइरहेकाले कर्मचारी कटौतीको विकल्प नभएको उनले ट्वीटरमार्फत बताएका छन् । अर्को ठूलो सामाजिक सञ्जाल कम्पनी मेटा प्लाटफर्मले पनि यही साताभित्र १२ हजार कर्मचारी निष्कासन गर्न लागेको हल्ला छ ।
काठमाडौं । विश्वमा बढ्दो आर्थिक मन्दीको जोखिमका बीच केही समयदेखि विश्वचर्चित ठूला कम्पनीहरु पनि कर्मचारी कटौतीमा लागिरहेका छन् । कतिपय कम्पनीले नयाँ कर्मचारी भर्ना पूर्ण रुपमा बन्द गरेका छन् भने कतिले कार्यरत कर्मचारीहरुलाई अवकाश दिइरहेका छन् । कर्मचारी कटौतीको यो मेलोमा अब फेसबुकको मातृ कम्पनी मेटा पनि परेको छ । मेटाले हजारौं कर्मचारीलाई अवकाश दिन […]