मेटा र ट्वीटरपछि यो कम्पनीले पनि ठुलो संख्यामा कर्मचारी कटौती गर्दै

एजेन्सी । विश्वको अग्रणी सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर, मेटा र इ–कमर्स साइट अमेजनपछि अब अर्को ठूलो कम्पनीले कर्मचारी हटाउने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

६ महीनामा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका २१ हजार कर्मचारीको जागिर चैट !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक (Facebook) को मातृ कम्पनी मेटा (Meta) ले व्यापक कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ । कम्पनीले बुधवार कम्पनीभर बृहत् स्तरमा कर्मचारीलाई कामबाट निकाल्न लागेको बताइएको छ । कम्पनीका संस्थापक मार्क जुकरबर्ग (Mark Zuckerberg) को कम्पनीलाई थप कार्यकुशल बनाउने लक्ष्य हासिल गर्न टिम र कामको पुनःसंरचना गर्ने क्रममा फेसबुक, ह्वाट्सएप (WhatsApp), इन्स्टाग्राम (Instagram) र रियालिटी ल्याब्स सबैतिर कर्मचारीलाई निकाल्ने तयारी भइरहेको संकेत मेटाले गरेको छ । मेटाले व्यवस्थापकहरूलाई बुधवार नै रोजगारी कटौतीको घोषणाको तयारी गर्न सूचित गरेको बुझिएको छ । खर्च कटौती गर्ने कम्पनीको प्रयासअन्तर्गत कम्पनीले थप १० हजार कर्मचारीलाई कामबाट निकाल्न लागेको हो । जुकरबर्गले मार्चमा नै कर्मचारी कटौतीको घोषणा गरेका थिए । मेमा कटौतीको नयाँ चरण शुरु हुनेछ । ५ महीनाअघि नोभेम्बरमा मेटाले आफ्नो कार्यबलको करीब १३ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको थियो । त्यति बेला करीब ११ हजार जागिरविहीन बनेका थिए । कम्पनीले अहिले भनेअनुसार कर्मचारीलाई जागिरबाट निकाले करीब ६ महीनामा २१ हजारको जागिर जानेछ ।   कम्पनीले पहिलो त्रैमासदेखि नयाँ कर्मचारी भर्ती पनि रोक्का गरेर राखेको छ । सिलिकन भ्यालीभर व्यवसायहरूले समेत अहिले खर्च कम गर्न कर्मचारी कटौती सहितका अन्य उपायहरू अपनाउने होड चलेको छ ।  कम्पनीले सकेसम्म आफूलाई पातलो बनाउन अनि व्यवसाय र प्रशासनिक कर्मचारी एवम् प्राविधिक र इञ्जिनियरहरूबीचको अनुपातलाई सन्तुलित राख्ने लक्ष्य लिएको व्यवस्थापकहरूको नाममा जारी गरिएको मेमोमा जुकरबर्गले संकेत गरेका छन् । समूहहरूलाई पुनःसंगठित गरिने अनि बाँकी रहेका कर्मचारीहरूलाई पनि नयाँ व्यवस्थापकहरूको मातहतमा कामको जिम्मा दिइने बुझिएको छ । मेटाले बुधवार उत्तर अमेरिकामा सम्भव भएका सबै कर्मचारीहरूलाई घरबाटै काम गर्ने भएको छ । एजेन्सी

१२ हजार कर्मचारी कटौती गर्दै फेसबुक

काठमाडौं । विश्वमा बढ्दो आर्थिक मन्दीको जोखिमका बीच केही समयदेखि विश्वचर्चित ठूला कम्पनीहरु पनि कर्मचारी कटौतीमा लागिरहेका छन् । कतिपय कम्पनीले नयाँ कर्मचारी भर्ना पूर्ण रुपमा बन्द गरेका छन् भने कतिले कार्यरत कर्मचारीहरुलाई अवकाश दिइरहेका छन् । कर्मचारी कटौतीको यो मेलोमा अब फेसबुकको मातृ कम्पनी मेटा पनि परेको छ । मेटाले हजारौं कर्मचारीलाई अवकाश दिन […]