अमेरिकामा मन्दीको वाल स्ट्रिटले पनि देखायो संकेत, '७८ % कम्पनीको नाफामा कमी अनुमानभन्दा धेरै'

काठमाडौं । अमेरिका आर्थिक मन्दीको संघारमा रहेको अर्थशास्त्री र विश्लेषकहरूले ठोकुवा गरिरहँदा वाल स्ट्रिटले पनि यस्तै संकेत गरेको छ । वाल स्ट्रिटमा कर्पोरेट अमेरिकाले मुनाफामा सात वर्षयताकै लामो सुस्तीको मार खेपिरहेको छ । यो वर्षको पहिलो त्रैमासको आर्थिक तथ्यांक सार्वजनिक गर्ने सिजन लगभग सकिने क्रममा छ । एसएन्डपी ५०० मा सूचीकृत कम्पनीहरूको मुनाफा गत वर्षको तुलनामा औसतमा ३ दशमलव ७ प्रतिशतले घटेको छ । ब्लुम्बर्ग इन्टेलिजेन्सले संकलन गरेको तथ्यांकका अनुसार ७८ प्रतिशत कम्पनीको मुनाफामा कमी अनुमान गरेभन्दा धेरै छ । यो कमी सिजन शुरु हुनुअघि नै विश्लेषकहरूले मुनाफा घट्छ भन्ने ठोकुवा गरेका थिए । कर्पोरेट अमेरिकाको मुनाफा घटेको यो लगातार दोस्रो त्रैमास हो । चालु त्रैमासको मुनाफा प्रक्षेपण पनि बियरिस नै छ । अप्रिल–जुन त्रैमासमा मुनाफा ७ दशमलव ३ प्रतिशतले घट्ने बताइएको छ । अकासिएको ब्याजदर अनि घट्दै गइरहेको उपभोक्ता मागको असर यस वर्षको तेस्रो त्रैमासमा पनि देखिने आकलन विश्लेषकहरूको छ । यसअघिको प्रक्षेपणहरूमा तेस्रो त्रैमासमा कर्पोरेट अमेरिकाको मुनाफामा लयमा फर्किने बताइएको थियो । तर, अहिलेको स्थिति हेर्दा सो प्रक्षेपण गलत हुने देखिन्छ । यो कोरोना भाइरसको महामारीको बेलामा कम्पनीहरूको मुनाफामा देखिएको मन्दी भन्दा पनि लामो हो । यसअघि सन् २०१५ देखि सन् २०१५ को बीचमा तीनभन्दा धेरै त्रैमासमा कर्पोरेट अमेरिकाको मुनाफा मा मन्दी छाएको थियो । त्यति बेला अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर वृद्धिको चक्र शुरु गरेपछि सोको असर कम्पनीका मुनाफामा देखिएको थियो । त्यसो भए त मध्य अप्रिलमा वाल स्ट्रिटका ठूलो कर्जादाताहरूले त्रैमासिक तथ्यांक सार्वजनिक गर्न शुरु गएयता एसएन्डपी ५०० सूचकमा कुनै वृद्धि नआउनु पनि अचम्म होइन । मार्जिनमा दबाब  अर्थतन्त्र सुस्ताउँदा यसको असर कम्पनीहरूको मुनाफा मार्जिनमा पनि स्वतः देखिन्छ । यस वर्षको चौथो त्रैमासअघि यसमा सुधार नआउने अधिकांश अर्थशास्त्रीहरू बताउँछन् । केहीले त कम्पनीहरूको मुनाफा मार्जिनमा अपेक्षा गरेअनुरुप सुधार नआउने बताइरहेका छन् । केही कम्पनीले मार्जिन गाइडेन्समै कटौती गरेका छन् ।  कम्पनीहरूको विक्री र मुनाफाको वृद्धिदर सुस्ताएको छ । विक्री दरको वृद्धि मुनाफाको वृद्धिदरले उछिन्न सकेको छैन । अहिलेसम्म कम्पनीहरूले कर्मचारी कटौती गरेर खर्च घटाउने अनि मुनाफा बढाउने उपायहरू अपनाइरहेका छन् । जुन त्रैमासमा वास्तविक स्थिति झनै उजागर हुनेछ ।  बैंकका अवरोध अमेरिकी अर्थतन्त्र मन्दीको संघारमा भएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजका सीईओ जेमी डिमनले हालै ठोकुवा नै गरेका थिए । पहिलो त्रैमासमा बढ्दो ब्याजदर, कारोबार आम्दानी र निक्षेप आप्रवाहका कारण ठूला बैंकहरू मार्चको वित्तीय दबाबको असर मत्थर पार्न सक्षम भए । तर, अन्य अवरोधहरू छन् । महँगीका कारण अमेरिकीहरूले ऋण तिर्न नसक्दा चार ठूलो बैंकको खराब उपभोक्ता कर्जा अपलेखन एक वर्षअघिको स्तरबाट ७३ प्रतिशतले बढेको छ । मर्जर र एक्विजशन सुस्त हुँदा यसबाट हुने आम्दानी घटेको छ । बैंकहरूले कर्जा प्रवाहमा व्यापक कटौती गर्दा साना व्यवसायहरू मारमा परेका छन् । समग्रमा व्यावसायिक गतिविधि सुस्त भएको छ । यसले फेरि उपभोक्ताहरूलाई नै प्रभाव पार्ने निश्चितप्रायः छ भन्छन् फ्लोबैंक एसएमा वरिष्ठ बजार रणनीतिज्ञ पल डि बाउमे । यो समस्या व्यावसायिक रियल ईस्टेट बजारमा पोखिन सक्ने अवस्था छ । पहिलो त्रैमासको मुनाफामा प्रविधि कम्पनीहरूकै वचर्श्व थियो । एप्पलदेखि मेटा अनि गुगलको माउ कम्पनी अल्फाबेटदेखि एमाजनसम्म सबैले प्रक्षेपण गरेको भन्दा धेरै मुनाफा कमाए । फेडले ब्याजदर बढाउन बन्द गरेको संकेतले पनि यी कम्पनीहरूलाई लाभ भइरहेको छ । तर, दोस्रो त्रैमासमा अवस्था फरक छ । प्रविधि कम्पनीहरूको मुनाफा ७ प्रतिशतभन्दा धेरैले घट्ने अनुमान गरिएको छ । सन् २०२४ सम्मै प्रविधि, सञ्चार र दूरसञ्चार क्षेत्रको मुनाफा वृद्धि एसएन्डपी परिसूचकमा हुने वृद्धिभन्दा कम नै हुने विश्लेषण गरिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

समलिंग पावर कम्पनीको संचालकमा फुयाँल

समलिंग पावर कम्पनीको संचालकमा बविता फुयाँल नियुक्त भएकी छिन् । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले ईकयुटास होल्डिङस् कम्पनीको आधिकारी प्रतिनिधिको रुपमा फुयाँललाई नियुक्त गरेको हो । कम्पनीको मुख्य...

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २९ फागुन । नेप्से परिसुचक १ सय अंकले बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवस कम्पनीको कारोबार धेरै भएको छ । आज कम्पनीको ३४ करोड बढीको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ५१० रुपैयाँ […]

फेसबुक कम्पनीको नाम परिवर्तन

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्।सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन्। फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ।फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका

आज यी कम्पनीको कारोवार सर्वाधिक

काठमाडौं, १७ भदौ । शेयर बजारमा आज भारी अंकको गिरावट आउँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको बिहीबार ५७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३२ करोड ९९ लाख बढीको कारोबार भएको छ । यसैगरी, आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड […]

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै

काठमाडौं, १३ भदौ । नेप्सेमा आज उच्च अंकको पहिरो गएको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतले कमाएका छन् । नेप्सेको अनुसार २२७ वटा कम्पनीको […]

दुई कम्पनीको सेयर मूल्यमा उछाल

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेको दिन आज दुई वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज सेञ्चुरी कर्मशियल बैंक र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य बढेको हो। आज यी दुई कम्पनीबाहेक अन्य कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेन्। यस्तै कुनै पनि कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको छैन।

१६५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।

आज यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]

जलविद्युत कम्पनीको सेयरमा आकर्षण !

कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको ह

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप एकै कम्पनीको लगाउनुपर्ने

काठमाडौं :  पहिलो चरणमा जुन कम्पनीको कोरोनाविरुद्धको खोप लगाएको हो दोस्रो चरणको डोजको मात्रा पनि सोही कम्पनीको लगाउन मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमणबारे दैनिक प्रसारण हुने मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यसबारे जानकारी दिए।हाल नेपालमा भारतबाट ल्याइएको कोभिसिल्ड कम्पनीको खोपको पहिलो चरण सकिएको छ। मन्त्रालयले जनाएअनुसार पहिला जुन खोप लगाइएको हो। बाँकी डोज पनि सोही कम्पनीको लगाउनुपर्नेछ। भर्खरै मात्र नेपालमा चीनबाट पनि ‘सेरोभेल’ कम्पनीको खोप ल्याएको छ। आजबाट