११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

२५ कात्तिक, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् । फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

फेसबुक, इन्स्टाग्राम ‘आउटेज’ हुँदा जुकरबर्गले गुमाए २.७९ बिलियन डलर

अमेरिका । मेटा कम्पनी मुख्य प्लेटफर्महरू फेसबुक, इन्स्टाग्रामलगायत ‘आउटेज’ (सेवा अवरुद्ध) हुँदा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले झण्डै ३ अर्ब डलर गुमाएका छन् ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुक, इन्स्टाग्राम र थ्रेड ‘आउटेज’ हुँदा जुकरबर्गलाई २.७९ बिलियन डलर घाटा भएको हो । गत मंगलवार राति ८ बजेदेखि करीब १ घन्टा फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको सेवा अवरुद्ध भएको थियो ।  ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यसबाट जुकरबर्गको कुल सम्पत्ति घटेर १७६ बिलियन डलरमा झरेको छ । तर, उनी विश्वको सर्वाधिक धनी व्यक्तिको स्थानमा चौथोमा यथावत् नै छन् । ‘आउटेज’को कारण मेटाको शेयर १.६ प्रतिशतले घटेको छ, जसले गर्दा जुकरबर्गको नेटवर्थमा गिरावट आएको हो । एजेन्सी

फेसबुक सुचारु

विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या देखिएको थियो । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभई विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए । मेटा कम्पनी अर्को एप ह्वाट्सएप भने चलिरहेको थियो ।

यी हुन् फेसबुक मेसेन्जरका केही उपयोगी रोचक फिचर

करिब डेढ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको मेसेन्जर प्लेटफर्म मेसेन्जर फेसबुक जत्तिकै लोकप्रिय बनिसकेको छ । यसमा मेटा कम्पनीले विभिन्न नयाँ नयाँ फिचरहरु थपिरहेको हुन्छ । मेसेजिङ एपमा प्रयोगकर्ता संख्याको हिसाबले मेसेन्जरभन्दा अगाडि केवल ह्वाट्सएप मात्र रहेको छ । मेटा कम्पनी मातहतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएपलाई एकीकृत गर्ने प्रयास मार्क जुकरबर्गले गरिरहेका छन् […]

ह्वाट्सएपमा पासवर्ड सुरक्षित फोटो कसरी पठाउने ?

१ फागुन, काठमाडौं । मेटा कम्पनी मातहतको ह्वाट्सएप निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ । ह्वाट्सएपमा प्रयोगकर्ताको सजिलो, गोपनियता तथा सुरक्षाका लागि विभिन्न फिचरहरु उपलब्ध छन् । यसमध्ये Password protected फोटो पठाउन मिल्ने फिचर पनि एक हो । यसरी पासवर्ड प्रोटेक्टेड तस्वीर पठाएपछि ती तस्वीर प्राप्त गर्नेले केवल पासवर्ड हालेर मात्र तस्वीर खोल्न र […]

अब ह्वाट्सएप मेसेजमा इमोजी पठाउन सकिने

मेटा कम्पनी स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले रियाक्सन फिचरको परीक्षण गत महिनादेखि गर्दै आएकोमा अब औपचारिक रुपमा सुरुवात गरेको छ । यो सँगै आम ह्वाट्सएप प्रयोकर्ताले ह्वाट्सएप रियाक्सन फिचर प्रयोग गर्न पाउनेछन् । मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार मे ५ देखि ह्वाट्सएपको उक्त नयाँ फिचर सुरु भएका घोषणा गरेका हुन् । जुकरबर्गल आफ्ना फेसबुक पोष्टमा […]

ह्वाट्सएप र मेसेन्जरमा च्याट कसरी म्युट गर्ने ?

३० चैत, काठमाडौं । मेटा कम्पनी मातहतका ह्वाट्सएप र फेसबुक मेसेन्जर संसारका सर्वाधिक लोकप्रिय मेसेजिङ प्लाटफर्म हुन् । दैनिक करोडौँ मानिसले प्रयोग गर्ने यी दुई मेसेजिङ प्लाटफर्म एक अर्काबाट भिन्नै भएता पनि डिजाइन र युजर इन्टरफेसको कुरा गर्दा कतिपय फिचरमा समानता पाइन्छ । त्यसमध्ये दुवै प्लाटर्फममा उपलब्ध निकै उपयोगी एउटा साझा फिचर हो च्याटलाई म्युट […]

फेसबुकमाथि 'मेटा' नाम चोरेको आरोप

काठमाडौं : फेसबुकले आफ्नो ब्राण्डिङ नाम 'मेटा' राखेपछि सिकागोको अर्को टेक कम्पनी 'मेटा कम्पनी' अदालत जाने भएको छ। आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा कम्पनी फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारीमा जुटेको हो। मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न नसकेको तर, मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन…

फेसबुक किन मेटा बन्यो ? कस्तो हुन्छ मेटाभर्सको दुनियाँ ?

२८ अक्टोबर अघि ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलस फेसबुक अन्तर्गत रहेका थिए। तर, २८ अक्टोबरमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनी रिब्रान्डिङ गर्दै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलसलाई मेटा कम्पनी अन्तर्गत राखेको घोषणा गरे। यो अब, मार्क जुकरबर्गको मुख्य कम्पनी मेटा भनेको अन्य सबै मेटा अन्तर्गतका प्रडक्ट मान्न सकिन्छ। सन् २०१५ मा गुगलले पनि यसरी नै गुगल, जीमेल, युट्युबलगायतका सबै सेवा नयाँ कम्पनी अल्फाबेट खोलेर त्यसको अभिभावकत्वमा राखेको थियो।

फेसबुक किन मेटा बन्यो ? कस्तो हुन्छ मेटाभर्सको दुनियाँ ?

२८ अक्टोबर अघि ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलस फेसबुक अन्तर्गत रहेका थिए। तर, २८ अक्टोबरमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनी रिब्रान्डिङ गर्दै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलसलाई मेटा कम्पनी अन्तर्गत राखेको घोषणा गरे। यो अब, मार्क जुकरबर्गको मुख्य कम्पनी मेटा भनेको अन्य सबै मेटा अन्तर्गतका प्रडक्ट मान्न सकिन्छ। सन् २०१५ मा गुगलले पनि यसरी नै गुगल, जीमेल, युट्युबलगायतका सबै सेवा नयाँ कम्पनी अल्फाबेट खोलेर त्यसको अभिभावकत्वमा राखेको थियो।