काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ।निषेधाज्ञा थप गर्ने/नगर्ने वा‘स्मार्ट लकडाउन’ गर्ने भन्ने विषयमा निर्णय लिन आज ५ बजेपछि काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।“हामीले तीनै जिल्लाका प्रमुखलाई स्मार्ट लकडाउन सुरु गर्न सुझाएका छौं।यसको लागि गाइडलाइन पनि बनाएर दिएका छौं”,कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए।