पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढेको पाइएको छ । ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ । आइतबार यो संख्या १४८ रहेको थियो । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो । विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार