काठमाडौं उपत्यकामा एकैदिन झण्डै दुई हजार सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९६४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उपत्यकाको विभिन्न स्थानमा बुधबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, लेन उल्लंघन गर्ने १३७ जना, मदिरा पिएर सवारी साधन चलाउने ११० जना, तिब्र गतीमा सवारी साधन चलाउने ६९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८८ जना चालक रहेका छन् । यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

काठमाडौं उपत्यकामा एकैदिन झण्डै ३ हजार सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

उपत्यकामा थपिए झण्डै ४ हजार संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ७ सय ९ जना संक्रमित थपिएका छन् ।

उपत्यकामा थपिए झण्डै ४ हजार संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ७ सय ९ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा एकैदिन थपिए झण्डै ४ हजार संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ३९३९ संक्रमित थपिएका छन् ।  काठमाडौंमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ नयाँ संक्रमित थपिएका हुन् ।  काठमाडौंमा हाल १३ हजार ९८६ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा १८४६ र ललितपुरमा ३५५५ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत १५ दिनमा काठमाडौं उपत्यकामा झण्डै ३० हजार नयाँ सङ्क्रमित

काठमाडौं। गत १५ दिनमा काठमाडौं उपत्यकामा २९,७८५ नयाँ सङ्क्रमित थपिएका छन्। वैशाख १९ यता उपत्यकामा नयाँ सङ्क्रमितको सङ्ख्या साढे तीन हजार बढी रहँदै आएको छ। यसै अवधिमा उपत्यकामा ७७ जनाको मृत्यु भएको छ। गत तीन दिनयता उपत्यकामा मृतकको सङ्ख्या १० भन्दा बढी छ। यस्तै, गत १५ दिनमा ७,०१४ जनाले कोरोनालाई जितेका छन्।

उपत्यकामा आज २ हजार ४९५ जना कोरोना संक्रमति थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा दुई हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबारको तुलनामा संक्रमितको संख्या केही घटेको हो। शुक्रबार झण्डै तीन हजारको सख्या कोरोना संक्रमित थिए। आज काठमाडौंमा एक हजार ९३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार भने दुई हजार ४०४ जना संक्रमित थिए। त्यस्तै ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकामा एकै दिन झण्डै तीन हजार जना संक्रमित

१७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा …

निषेधाज्ञा लगाएको भोलिपल्टै उपत्यकामा भेटिए झण्डै ३ हजार संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै झण्डै तीन हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार उपत्यकामा २ हजार ९ सय ५६ जना संक्रमित थपिएका हुन्। काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाइएको छ। यद्यपी कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ। शुक्रब

२४ घण्टामा थपिए झण्डै ३ हजार ५ सय सङ्क्रमित, १ हजार ९ सय काठमाडौं उपत्यकामा

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ४२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।