हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमाल दोलखा हाइड्रो साधारणसभा बस्दै

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । शुक्रबार हुन लागेको सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । साथै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले २६ साउनमा बुक क्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनील

सम्बन्धित सामग्री

पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले कोशी प्रदेश, इलाम जिल्लामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजना निर्माण गरी २०७९ साल मङ्सिर १२ गतेदेखि विद्युत उत्पादन तथा वितरण गरिरहेको छ । उक्त आयोजनाको नियमित मर्मत सम्भार गर्न , भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न आवश्यक रकम कम्पनीले हकप्रद मार्फत जुटाउन लागेको हो । प्रस्तावित हकप्रद शेयर निष्कासन सम्बन्धी प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्नका लागि कम्पनीले नियामक निकाय विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सम्बन्धी निर्णय गरेको हो ।

अपि पावरले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ ।

अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

३ भदौ, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले १४ औं वार्षिक साधरण सभामार्फत शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार काठमाडौंमा भएको वार्षिक साधरणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीको वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गर्दै उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त […]

मात्र दुई ओटा कम्पनी हकप्रद निष्कासन स्वीकृतिको पर्खाइमा !

माघ २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल दुई ओटा कम्पनीहरु मात्र हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् ।  अपि पावर र नेपाल फाइनान्स लिमिटेड हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका हुन् । अपि पावरले २०७८ साल असोज २५ गते र नेपाल फाइनान्सले २०७८ साल कात्तिक १ गते बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएका थिए ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अपिले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले यस वर्ष वितरण गर्ने निर्णय गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो ।  अपि पावरले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । नेपाल फाइनान्सले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डको वेवसाइटलाई आधार मान्दा यी दुवै कम्पनीको हकप्रद शेयर स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ । यतिबेला बीमा कम्पनीहरुको पूँजी वृद्धि र जलविद्युत् कम्पनीहरुले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउने भएपनि निवेदन प्रकृयामा मात्र दुई कम्पनी बाँकी रहेका छन् ।  यस वर्ष धेरै जसो जलविद्युत् कम्पनीहरुले वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाले आगामी दिनमा बोर्डमा हकप्रदको निवेदन बढ्ने सम्भावना देखिन्छ । हाल प्राथमिक बजारमा भने दुई कम्पनीको हकप्रद शेयर निष्कासनमा रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा रहेको हो ।  कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्मका लागि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्मका लागि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

जलविद्युत्लाई हकप्रद निष्कासन गर्न कडाइ

काठमाडौं । विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गर्न थालेपछि विद्युत् नियमन आयोगले त्यसलाई कडाइ गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद निष्कासनलाई नियमनको दायरामा ल्याएको हो । अब त्यस्ता कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्दा आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ । यसअघि हाइड्रो पावरजस्ता विद्युत्सम्बन्धी कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न आयोगको पूर्वस्वीकृति लिनुपर्ने थिएन । अब सञ्चालक समितिबाट हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेर पूर्वस्वीकृतिका लागि आयोगमा पेश गर्नुपर्ने छ । आयोगले स्वीकृति दिएपछि मात्र हकप्रद निष्कासनको प्रस्ताव साधारणसभामा पेश गर्न पाइने गरी नयाँ व्यवस्था गरिएको छ । आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जथाभावी रूपमा हकप्रद निष्कासन हुन थालेपछि यस्तो व्यवस्था गरिएको बताए । ‘विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गरेको देखियो । त्यसपछि हामीले त्यसलाई नियमनका दायरामा ल्याएका हौं,’ उनले भने, ‘अब नयाँ व्यवस्थाअनुसार नै विद्युत्सम्बन्धी कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ ।’ आयोगले विद्युत्सम्बन्धी कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न कडाइ गरे पनि क्रश होल्डिङ लगानी गर्न भने बाटो खुला गरेको छ । अब एक कम्पनीले अर्काे कम्पनीमा पनि शेयर लगानी गर्न सक्ने गरी नयाँ व्यवस्था गरिएको धितालले बताए । कुनै एक कम्पनीले आफू नै मुख्य कम्पनी भएर ५१ प्रतिशत वा उक्तभन्दा बढी शेयर रहने गरी आप्mनो मातहतको आयोजनामा संस्थागत लगानी गर्ने सक्नेछ । यस्तै, आफ्नो सहायक कम्पनीको आयोजना वा नयाँ सहायक कम्पनीको स्थापना गरी आयोजना निर्माणका लागि पनि संस्थागत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त लगानीका लागि आवश्यक पर्ने पूँजी हकप्रद शेयर निष्कासन गरेर नै उठाउनुपर्ने बताइएको छ । यसका लागि १ः२ (१ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ । कुनै एक कम्पनीले आफु मुख्य कम्पनी नहुने गरि अन्य कुनै कम्पनीमा ५० प्रतिशतभन्दा कम शेयर लगानी गर्न सक्ने पनि व्यवस्था गएिको छ । तर, त्यस्तो कम्पनीमा शेयर लगानी गर्दा सम्बद्ध आयोजनाको भौतिक प्रगति २५ प्रतिशत भएको हुनुपर्ने शर्त छ । यसका लागि हकप्रद शेयर निष्कासन गर्दा भने १ः१ (१ कित्ता बराबर १ कित्ता) को अनुपातमा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, दुवै प्रयोजनका लागि हकप्रद निष्कासन गर्न यसअघि हकप्रदबाट उठाइएको पैसा आयोजना निर्माणमा खर्च भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगले क्रश होल्डिङका रूपमा लगानी गर्न अन्य शर्तहरू पनि तोकेको छ । मुख्य कम्पनीले आप्mनो आयोजनाबाट व्यापारीक रूपमा विद्युत् उत्पादन शुरू गरिसकेको हुनुपर्ने छ । साथै, उक्त कम्पनी नेपालको धितोपत्र (शेयर) बजारमा सूचीकृत पनि भइसकेको हुनुपर्ने छ । लगानी गर्न लागिएको कम्पनीको आयोजनाको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भइसकेको हुनुपर्ने छ । साथै, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन पनि भइसकेको हुनुपर्नेछ । आयोगले निर्माणाधीन आयोजनाका लागि पनि हकप्रद शेयर निष्कासन गर्न बाटो खुला गरेको छ । प्रारम्भिक शेयर (आईपीओ) निष्कासन गरेपछि पनि विभिन्न कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेमा हकप्रद निष्कासन गर्न दिइने आयोगले बताएको छ । त्यसका लागि आयोजनाको निर्माणको लागत नियन्त्रणबाहिरको परिस्थितिका कारण बढ्न गएको हुनुपर्ने छ । त्यो अवस्थामा लागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाइने व्यवस्था गरिएको छ । त्यस्ता आयोजनाहरूको भौतिक प्रगति ८० प्रतिशत भइसकेको हुनुपर्नेछ । निर्माण सम्पन्न गर्न आवश्यक रहेको लगानीको सम्बन्धमा पनि स्पष्ट वित्तिय कार्ययोजना बनाइ सञ्चालक समिति र साधारणसभाबाट पारित भएको हुनुपर्ने छ । साथै, कम्पनीले आयोजना निर्माणका लागि ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद शेयर निष्काुनका लागि सहमति आवश्यक हुने निर्देशिकामा उल्लेख छ । कम्पनीहरूले अन्य प्रयोजनका लागि पनि हकप्रद निष्कासन गर्न सक्नेछन् । त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेर आयोगबाट स्वीकृति लिनुपर्ने निर्देशिकामा उल्लेख छ । उक्त अवस्थामा पनि १ः१ को अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न दिइने आयोगको भनाइ छ ।

सिनर्जी पावरको सभाले पारित गर्‍यो हकप्रद र लाभांश प्रस्ताव

भदौ १९, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित सभाले  हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसअघि कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पूँजीको २ बराबर१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । सभालेआर्थिक वर्ष २०७७/ ७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । सभाबाट सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पनि पारित भएको छ ।