कात्तिक २३, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
सभाले कमलादी काठमाडौंको कमलादीमा सम्पन्न सभाले प्रस्तावित १ : १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
हकप्रद शेयर निष्कासन गरे पश्चात् कम्पनीको पूँजी वृद्धि भई ४० दशमलव ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्कासन तथा विक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ । सभा क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा भएको थियो ।
सो सभामा कम्पनीले चालू आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरुसमेत सञ्चालन गर्ने योजना बनाएको जानकारी दिइएको थियो ।
त्यसैगरी कम्पनीले यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष सञ्चालन गर्ने योजनासमेत बनाएको छ ।