मात्र दुई ओटा कम्पनी हकप्रद निष्कासन स्वीकृतिको पर्खाइमा !

माघ २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल दुई ओटा कम्पनीहरु मात्र हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् ।  अपि पावर र नेपाल फाइनान्स लिमिटेड हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका हुन् । अपि पावरले २०७८ साल असोज २५ गते र नेपाल फाइनान्सले २०७८ साल कात्तिक १ गते बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएका थिए ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अपिले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले यस वर्ष वितरण गर्ने निर्णय गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो ।  अपि पावरले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । नेपाल फाइनान्सले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डको वेवसाइटलाई आधार मान्दा यी दुवै कम्पनीको हकप्रद शेयर स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ । यतिबेला बीमा कम्पनीहरुको पूँजी वृद्धि र जलविद्युत् कम्पनीहरुले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउने भएपनि निवेदन प्रकृयामा मात्र दुई कम्पनी बाँकी रहेका छन् ।  यस वर्ष धेरै जसो जलविद्युत् कम्पनीहरुले वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाले आगामी दिनमा बोर्डमा हकप्रदको निवेदन बढ्ने सम्भावना देखिन्छ । हाल प्राथमिक बजारमा भने दुई कम्पनीको हकप्रद शेयर निष्कासनमा रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा रहेको हो ।  कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्मका लागि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्मका लागि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

सम्बन्धित सामग्री

पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले कोशी प्रदेश, इलाम जिल्लामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजना निर्माण गरी २०७९ साल मङ्सिर १२ गतेदेखि विद्युत उत्पादन तथा वितरण गरिरहेको छ । उक्त आयोजनाको नियमित मर्मत सम्भार गर्न , भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न आवश्यक रकम कम्पनीले हकप्रद मार्फत जुटाउन लागेको हो । प्रस्तावित हकप्रद शेयर निष्कासन सम्बन्धी प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्नका लागि कम्पनीले नियामक निकाय विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सम्बन्धी निर्णय गरेको हो ।

साढे ८ अर्बको हकप्रद निष्कासन गर्दै बीमा कम्पनी

काठमाडौं । नियामकले तोकेको चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेका १० ओटा बीमा कम्पनीले झन्डै साढे ८ अर्ब रुपैयाँको हकप्रद शेयर निष्कासनको स्वीकृति पाएका छन् । उनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको हो ।  प्राधिकरणले पाँचओटा जीवन बीमा र त्यत्ति नै संख्याका निर्जीवन बीमा कम्पनीलाई ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनको लागि स्वीकृति दिएको छ ।  प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी कम्पनीहरूले मर्जपछि पनि नपुर्‍याएपछि प्राधिकरणले हकप्रद निष्कासनको बाटो खुलाएको हो ।  निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी ६६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । प्राधिकरणले जीवन बीमातर्फ पाँचओटा कम्पनीलाई ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि स्वीकृति दिएको छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सबैभन्दा बढी ८६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने स्वीकृति पाएको छ । दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत र तेस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत हकप्रद निष्कानको स्वीकृति पाएको छ ।  यस्तै प्राधिकरणले निर्जीवन बीमातर्फ पाँचओटा कम्पनीलाई २ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि स्वीकृति दिएको छ । निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी ६६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । उसले ९६ करोड ३१ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासनको स्वीकृति पाएको हो । यस्तै दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ प्रतिशत र तेस्रोमा नेको इन्सुरेन्स लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड दुवैले २५–२५ प्रतिशत हकप्रद निष्कासन अनुमति पाएका छन् ।  नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेका बीमा कम्पनीलाई हकप्रद निष्कासनको बाटो खुलाइएको बताए । ‘प्राधिकरणको पूँजी वृद्धिको पहिलो प्राथमिकता मर्जर थियो । अब हकप्रद निष्कासनको बाटो खोलेर न्यूनतम चुक्ता पूँजी कायम गर्ने मौका प्राधिकरणले दिएको छ,’ उनले भने ।

रिडी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्ने स्वीकृति

२९ साउन, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको छ । २८ साउनमा आयोगबाट हकप्रद निष्कासनका लागि स्वीकृति प्राप्त भएको पत्र आएको कम्पनीले जनाएको छ । कम्पनीको ८ असारमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । रिडी पावर कम्पनीको सहकायक कम्पनी साझा […]

हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमाल दोलखा हाइड्रो साधारणसभा बस्दै

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । शुक्रबार हुन लागेको सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । साथै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले २६ साउनमा बुक क्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनील

समृद्धि फाइनान्सले २७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति

समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डबाट फाइनान्सले २:१ को अनुपातमा हकप्रद निष्कासन अनुमति पाएको छ ।

समृद्धि फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।यस संगै अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निकाल्दै

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि बैंकले बोर्डमा आवेदन दिएकोमा शुक्रबार स्वीकृत भएको छ ।

अपि पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं, ५ कात्तिक । अब अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा असोज २५ गते निवेदन दिएको हो । अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

जलविद्युत्लाई हकप्रद निष्कासन गर्न कडाइ

काठमाडौं । विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गर्न थालेपछि विद्युत् नियमन आयोगले त्यसलाई कडाइ गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद निष्कासनलाई नियमनको दायरामा ल्याएको हो । अब त्यस्ता कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्दा आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ । यसअघि हाइड्रो पावरजस्ता विद्युत्सम्बन्धी कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न आयोगको पूर्वस्वीकृति लिनुपर्ने थिएन । अब सञ्चालक समितिबाट हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेर पूर्वस्वीकृतिका लागि आयोगमा पेश गर्नुपर्ने छ । आयोगले स्वीकृति दिएपछि मात्र हकप्रद निष्कासनको प्रस्ताव साधारणसभामा पेश गर्न पाइने गरी नयाँ व्यवस्था गरिएको छ । आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जथाभावी रूपमा हकप्रद निष्कासन हुन थालेपछि यस्तो व्यवस्था गरिएको बताए । ‘विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गरेको देखियो । त्यसपछि हामीले त्यसलाई नियमनका दायरामा ल्याएका हौं,’ उनले भने, ‘अब नयाँ व्यवस्थाअनुसार नै विद्युत्सम्बन्धी कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ ।’ आयोगले विद्युत्सम्बन्धी कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न कडाइ गरे पनि क्रश होल्डिङ लगानी गर्न भने बाटो खुला गरेको छ । अब एक कम्पनीले अर्काे कम्पनीमा पनि शेयर लगानी गर्न सक्ने गरी नयाँ व्यवस्था गरिएको धितालले बताए । कुनै एक कम्पनीले आफू नै मुख्य कम्पनी भएर ५१ प्रतिशत वा उक्तभन्दा बढी शेयर रहने गरी आप्mनो मातहतको आयोजनामा संस्थागत लगानी गर्ने सक्नेछ । यस्तै, आफ्नो सहायक कम्पनीको आयोजना वा नयाँ सहायक कम्पनीको स्थापना गरी आयोजना निर्माणका लागि पनि संस्थागत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त लगानीका लागि आवश्यक पर्ने पूँजी हकप्रद शेयर निष्कासन गरेर नै उठाउनुपर्ने बताइएको छ । यसका लागि १ः२ (१ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ । कुनै एक कम्पनीले आफु मुख्य कम्पनी नहुने गरि अन्य कुनै कम्पनीमा ५० प्रतिशतभन्दा कम शेयर लगानी गर्न सक्ने पनि व्यवस्था गएिको छ । तर, त्यस्तो कम्पनीमा शेयर लगानी गर्दा सम्बद्ध आयोजनाको भौतिक प्रगति २५ प्रतिशत भएको हुनुपर्ने शर्त छ । यसका लागि हकप्रद शेयर निष्कासन गर्दा भने १ः१ (१ कित्ता बराबर १ कित्ता) को अनुपातमा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, दुवै प्रयोजनका लागि हकप्रद निष्कासन गर्न यसअघि हकप्रदबाट उठाइएको पैसा आयोजना निर्माणमा खर्च भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगले क्रश होल्डिङका रूपमा लगानी गर्न अन्य शर्तहरू पनि तोकेको छ । मुख्य कम्पनीले आप्mनो आयोजनाबाट व्यापारीक रूपमा विद्युत् उत्पादन शुरू गरिसकेको हुनुपर्ने छ । साथै, उक्त कम्पनी नेपालको धितोपत्र (शेयर) बजारमा सूचीकृत पनि भइसकेको हुनुपर्ने छ । लगानी गर्न लागिएको कम्पनीको आयोजनाको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भइसकेको हुनुपर्ने छ । साथै, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन पनि भइसकेको हुनुपर्नेछ । आयोगले निर्माणाधीन आयोजनाका लागि पनि हकप्रद शेयर निष्कासन गर्न बाटो खुला गरेको छ । प्रारम्भिक शेयर (आईपीओ) निष्कासन गरेपछि पनि विभिन्न कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेमा हकप्रद निष्कासन गर्न दिइने आयोगले बताएको छ । त्यसका लागि आयोजनाको निर्माणको लागत नियन्त्रणबाहिरको परिस्थितिका कारण बढ्न गएको हुनुपर्ने छ । त्यो अवस्थामा लागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाइने व्यवस्था गरिएको छ । त्यस्ता आयोजनाहरूको भौतिक प्रगति ८० प्रतिशत भइसकेको हुनुपर्नेछ । निर्माण सम्पन्न गर्न आवश्यक रहेको लगानीको सम्बन्धमा पनि स्पष्ट वित्तिय कार्ययोजना बनाइ सञ्चालक समिति र साधारणसभाबाट पारित भएको हुनुपर्ने छ । साथै, कम्पनीले आयोजना निर्माणका लागि ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद शेयर निष्काुनका लागि सहमति आवश्यक हुने निर्देशिकामा उल्लेख छ । कम्पनीहरूले अन्य प्रयोजनका लागि पनि हकप्रद निष्कासन गर्न सक्नेछन् । त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेर आयोगबाट स्वीकृति लिनुपर्ने निर्देशिकामा उल्लेख छ । उक्त अवस्थामा पनि १ः१ को अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न दिइने आयोगको भनाइ छ ।