कर्णाली प्रदेशको जुम्लामा झण्डै १३ करोडको लागतमा खेलकुद रंगशाला निर्माणको काम सुरु भएको छ । खेलकुद मैदान अभावले खेलाडीहरुले भीरपाखामा कष्टकर अभ्यास गरिरहेका बेला बन्न लागेको रंगशालाले खेलाडीहरु उत्साहित छन् । फुटबलबाहेकका खेल सम्बद्ध व्यक्तिहरूले भने एथ्लेटिक्सलगायतका प्रतिस्पर्धा गराउन नमिल्ने भन्दै आलोचना गर्न थालेका छन् ।