म्याग्दी- म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेसन निर्माण थालेको हो। सवस्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन […]