यो साता देशभर भएको अविरल वर्षका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण लाइनका लागि तत्कालीन र दीर्घकालीन प्रकृतिका सहायता उपलब्ध गराउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल
(इप्पान)ले सरकारसमक्ष माग गरेको छ ।
निर्माणाधीन तथा सम्पन्न भइसकेका धेरै आयोजनामा यस्तो क्षति भएको उल्लेख गर्दै तत्काल राहत तथा सहयोगमा जुट्न आग्रह गरको इप्पानले हो । इप्पानले क्षतिग्रस्त पहुँच मार्गको तत्काल पुनर्निर्माण, क्षति पुगेका प्रसारण लाइनहरू तत्काल सुचारु गरिनुपर्ने औँल्याएको छ ।
त्यस्तै सबस्टेसनहरूको सुरक्षा प्रबन्धका लागि तत्काल उचित कदम चाल्नुपर्...