निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडान तीव्र

काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान कार्य द्रुत रूपमा अगाडि बढेको छ । आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात् उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन प्राविधिकहरू अहोरात्र खटिएका छन् । भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत् गृहमा जडान हुने तीन  टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इन्डिया संलग्न रहेको छ । गत पुसदेखि उक्त कम्पनीले उपकरण जडान थालेको हो । १११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिएको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ । दैनिक १२ घण्टा काम हुने गरेको छ । उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ । उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए । विद्युत् गृह जाने भोटेकोशीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्यांकनले तोकेका समुदायमा आधारित कार्यसमेत सुसम्पन्न गरिसकेको छ । रासस

सम्बन्धित सामग्री

रसुवागढी जलविद्युत् आयोजना

रसुवा । उत्तरी रसुवाको टिमुरेमा निर्माण भई रहेको १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान हुँदै । फ्रेन्सिस नामक ३ वटा टरवाइन जडान हुने प्राविधिकद्वारा जानकारी ।

उपकरण जडान नहुँदा रसुवागढी जलविद्युत् एक वर्ष पछाडि धकेलियो

समयमै उपकरण जडान नहुँदा रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना एक वर्ष पछाडि