आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस कालिकोटले ५० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रत्यक्ष भन्दा समानुपातिक तर्फ उम्मेदवार बन्नेहरुको लर्को नै लागेको देखिन्छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा प्रतिनिधि सभातर्फ ४ जनाले दाबी गरेका छन् भने समानुपातिक तर्फ ७ जनाले दाबी गरेका छन् । यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ ४ जनाले दाबी गरेका छन् भने समानुपातिक तर्फ १५ जनाले उम्मेदवारमा आकांक्षा देखाएका छन् ।