निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान समितिले मस्यौदा बिहीबार अध्यक्ष शेखर गोल्छालाई बुझाएको छ ।हालका वरिष्ठ उपाध्यक्षको हकमा यो प्रणाली लागू नगरी त्यसपछिको कार्यकालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव मस्यौदामा छ । […]