काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्नेमा जोड दिएका छन्।बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए।उनले जनताले दिएको विश्वासको मतलाई दलहरूले बचाउन नसकेको स्पष्ट पारे। उनले अहिलेको संसद्को गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको बताए।उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ। जनताले नै प्रत्यक्ष रूपमा निर्वाचित