केही दिनअघि एमाले छाडेका वामदेव गौतमले अबको आवश्यकता प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको बताएका छन् । गोरखापत्र दैनिकमा एक लेख लेख्दै गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको आवश्यकता औंल्याएका हुन् ।
उनले भनेका छन्, 'राजनीतिक स्थिरता कायम गर्ने र छिटो देशको विकास गर्न चाहने हो भने अविलम्ब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली मात्र विकल्पमा देखिएको छ । यो प्रणाली अवलम्बन गरियो भने नेपालको इतिहासम...