वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक विग्रह: म पुग्ने ठाउँमा पुगिसकें, अब नखोज्नू !

पाल्पाको तानसेन धारापानीका सन्तोष विकले ५ वर्ष विदेशमा कमाएको ८ लाख रुपैयाँ टिपेर श्रीमती सरिता विश्वकर्मा परपुरूषसँग टाप कसिन् ।  उनी घर फर्किँदा न रगत पसिनासँग साटेको पैसा थियो, न त उनकी श्रीमती सरिता नै ।  दुुई सन्तान (छोराहरू)लाई राम्रो शिक्षादिक्षा दिने र परिवारलाई सुख र खुशीसँग पाल्छु भनेर साहुसँग ऋण लिएर खाडी मुलुक कतारको तातो हावामा काम गर्न उडेका सन्तोषलाई श्रीमतीले यतिसम्म धोका देलिन् भन्ने लागेकै थिएन । उनी विदेश नजाँदासम्म श्रीमतीसँग राम्रो सम्बन्ध थियो । फोनमा राम्रै कुराकानी हुन्थ्यो । कमाए...

सम्बन्धित सामग्री

महानगरवासीको तथ्यांक संकलन गर्दै पोखरा

१९ वैशाख, पोखरा। पोखरा महानगरपालिकाले विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्यांक संकलन गर्ने भएको छ । समग्र महानगको वस्तुगत अवस्थाबारे विद्युतीय अभिलेख राख्न पारिवारिक विवरणसहित तथ्यांक संकलन गर्न लागिएको महानगरले जनाएको छ । महानगरले संकलन गर्ने तथ्यांकमा व्यक्तिको पारिवारिक, आर्थिक अवस्था, व्यवसायिक विवरण, घरबहाल, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरण समावेश गरिने छ […]

वित्तीय कारोबार र हिंसात्मक घटनाकाे बारेमा प्रहरी अलमलमा

काठमाडाैं । वित्तीय कारोबार र पारिवारिक कलहका कारण हुने हिंसात्मक घटनाहरू प्रहरीका लागि टाउको दुखाईको विषय बनेका छन् । त्यसमाथि दुरुत्साहनका सयौं जटिल समस्या गाँठोले प्रहरी अनुसन्धानलाई थप गिजोलेको छ । वैदेशिक रोजगारी, परिवारभित्रका अनमेलका मुद्दा अदालतसम्म बग्रेल्ती प्रवेश पाएका छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी गम्भीर आरोप खेप्न बाध्य छ । […]

एक वर्षमा चितवनबाट १४ हजारले लिए श्रम स्वीकृति

चितवन । गत आर्थिक वर्ष (आव)मा जिल्लाबाट करिब १४ हजार जनाले वैदेशिक रोजगारी (foreign employment) का लागि श्रम स्वीकृति लिएका छन् ।  भरतपुर महानगरपालिकाले आज आयोजना गरेको एक कार्यक्रममा आव ०७८/०७९ मा चितवनबाट वैदेशिक रोजगारीका लागि १३ हजार ९२७ जनाले श्रम स्वीकृति लिएको तथ्यांक प्रस्तुत गरिएको छ ।  महानगरपालिकाले आज वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक संकलन, अभिलेखीकरण र पाश्र्वचित्र निर्माण गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।  गत आर्थिक वर्षमा बागमती प्रदेशबाट ९१ हजार ५१० जनाले श्रम स्वीकृति लिएको महानगरको सामी कार्यक्रमका सुशासन संयोजक भक्त राइले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा संयोजक राईले वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विवरणहरू प्रस्तुत गरेका थिए ।  भरतपुर महानगरपालिकाका २९ ओटै वडाका अध्यक्ष तथा सचिवहरूसँग गरिएको अन्तरक्रियामा वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या, चुनौती र वैदेशिक रोजगारमा गएकाहरूको अवस्थाबारे छलफल तथा बहस गरिएको थियो । संयोजक राईले वैदेशिक रोजगारको सवाल, स्थानीय सरकारको पहलहरू र पाश्र्वचित्र निर्माणका सम्बन्धमा अनुभव तथा सिकाइबारे समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यपत्रमा नेपालमा प्रतिवर्ष करिब १४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उल्लेख छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख छ ।  त्यस्तै गत आर्थिक वर्षमा मात्रै बागमती प्रदेशबाट ९१ हजार ९४८ जनाले श्रम स्वीकृति लिएका छन । आर्थिक वर्ष ०७८/०७९ मा १० खर्ब ७ अर्ब बिप्रेषण भित्रिएको छ ।  वैदेशिक रोजगारीमा गएकाको विवरण संकलन गर्दै महानगर  भरतपुर महानगरपालिका (Bharatpur Metropolitan)ले यही वैशाख १६ गतेबाट वैदेशिक रोजगारीका गएका व्यक्तिहरूको विवरण संकलन गर्दैछ । उसले २९ ओटै वडाहरूमा गणक खटाएर वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण संकलन गर्न लागेको हो ।  यसका लागि महानगरले २९ ओटै वडाबाट छनोट भएर आएका गणकहरूलाई प्रशिक्षण दिने भएको छ । प्रशिक्षणपश्चात् गणकहरूले अनलाइनमार्फत विवरणहरू अध्यावधिक गर्ने स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले बताइन् ।  उनका अनुसार महानगरले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको घरमा गएर उनीहरूको पारिवारिक विवरणका साथै लिंग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, मान्यताप्राप्त म्यानपावरबाट गए÷नगएको, वैदेशिक रोजगारीबाट फर्कनुको कारण, फर्केर आएपछि व्यापार–व्यवसाय गरे/नगरेको लगायत विवरण अद्यावधिक गर्नेछ । कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको यो कार्यक्रम उपलब्धिमुलक हुने दाबी गरे । ‘यो हाम्रो मात्र नभइ भरतपुर महानगरकै गौरवको कार्यक्रम हो,’ उनले भने, ‘यो अभियानबाट वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका जटिलताको अन्त्य हुने अपेक्षा छ ।’

सल्यानमा विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

सल्यानमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको छ । घरेलु हिंसा, अशिक्षा, बालविवाह, गरिवी, वैदेशिक रोजगारी, सामाजिक, पारिवारिक समस्याले दिन प्रतिदिन रोगको संख्या बढ्दै गएपछि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको हो ।

वैदेशिक रोजगारीका कारण बढ्दो अपांगता

दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरूको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भई स्वदेश फर्कनेको सङ्ख्या ज्यादै बढ्नुले पनि वैदेशिक रोजगारी सकसपूर्ण बनेको देखिन्छ । वैदेशिक रोजगारीका कारण अपाङ्गता बढ्दा कैयन्को पारिवारिक […]

‘अधिकांश विवाद सम्बन्धविच्छेदमै टुंगिन्छन्’

वैदेशिक रोजगारले गाउँको आर्थिक हैसियत उकास्न भूमिका खेलेर सकारात्मक काम त गरेको छ, तर सँगै सामाजिक र पारिवारिक रूपमा चाहिं विकराल समस्या पनि ल्याइरहेको छ ।

कोरोनाको चौतर्फी असर

सन् २०१९ डिसेम्बरको अन्तमा चीनको वुहानबाट फैलिएको भनिएको कोभिड–१९ ले आज विश्व नै त्रस्त छ । कारोनाकै कारण आर्थिक क्रियाकलाप प्राय ठप्प हुँदा सबै देशमा आर्थिक मन्दी छाएको छ । हजारौंले रोजगारी गुमाएका छन् । व्यापार व्यवसाय उद्योग आदि सबै बन्द हुँदा सर्वत्र नकारात्मक प्रभाव पर्न पुग्यो । स्वास्थ्यमा त विकराल अवस्था छँदै छ, यसबाहेक शिक्षाक्षेत्र पनि डामाडोल भएको छ । उत्पादनमूलक क्षेत्रमा अवरोध सृजना हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेर समग्र अर्थतन्त्रमा ऋणात्मक असर पर्न गयो । अर्थतन्त्रका अवयवहरू श्रम, उद्योग, रोजगारी, व्यापार आदिमा नकारात्मक प्रभावका कारण आज हाम्रो अर्थतन्त्र समस्यामा परेको अवस्था छ । कोरोनाको विश्वव्यापी महामारीका कारण कमजोर बनेको अर्थतन्त्रलाई उकास्न ज्यादै मेहनत गर्नुपर्ने भएको छ । समाजको गतिशीलताका लागि गरिने सबै क्रियाकलापले आपसी सदभाव, मेलमिलाप तथा विकास निर्माणका कार्य हुने गर्छन् । विभिन्न बैठक, गोष्ठी, तालीम, भेला, सम्मेलन, अन्तरक्रिया, छलफल आदि सबै बन्द भएको अवस्था छ । यसले विकास निर्माणलगायत अन्य शीप विकास तथा आय आर्जनका क्रियाकलापहरू पनि हुन पाएन । व्यक्तित्व विकास स्वरोजगारी र अन्य महत्त्वपूर्ण कार्य अवरुद्ध हुँदा त्यसको असर सर्वत्र परेको छ । यसले अन्ततः देशको अर्थतन्त्रलाई नै कमजोर बनाएको छ । समाजका विविध अवयवहरूमा नकारात्मक असर पर्न जाँदा स्वाभाविक रूपले समाजमा पनि परिवर्तनशीलता र गतिशीलता नदेखिने अवस्थाको सृजना हुन पुग्छ । अर्थतन्त्रको महत्वपूर्ण एकाइ भनेको रोजगारी नै भएकाले यसको भूमिका ज्यादा रहन्छ । कोरोनाका कारण नेपालमा नै हजाराैं व्यक्तिले रोजगारी गुमाउनु परेको तीतो यथार्थ हाम्रो सामु छँदै छ । विभिन्न निजी संस्थामा रहेका कामदारहरूले पेशा गुमाउनुपर्दा उनीहरूको दैनिकी थप कष्टकर बन्न पुग्यो । बिहान बेलुका हात मुख जोर्ने समस्याले गर्दा केही आत्महत्यासमेत गर्न पुगेको नमिठो वास्तविकता हामीले देखे भोगेकै हौ । यसले समाजमा अर्को समस्या यो सृजना गरेको छ : त्यो हो डिप्रेशन । यो आज ठूलो र विकराल बन्दै गएको देखिन्छ । रोजगारीको सवालमा वैदेशिक रोजगारी हाम्रा अर्थतन्त्रको मुख्य आधार बनेको छ । पछिल्लो तथ्यांकअनुसार ५० लाखभन्दा धेरै मानिस वैदेशिक रोजगारीका लागि अन्य मुलुकमा गएका छन् । कोरोना विश्वव्यापी महामारीका रूपमा फैलिएकाले यसले सबै देशमा असर पारेको छ । त्यसैले विभिन्न देशमा श्रम गर्न गएका श्रमिकले पनि रोजगारी गुमाउनु परेकाले एकातर्फ देशको अर्थतन्त्रलाई असर पर्न गयो भने अर्कातिर रोजगारी गर्नेको परिवारलाई प्रत्यक्ष असर पर्न गयो । परिवारको बिचल्ली भयो भने देशको अर्थतन्त्रको टेको पनि कमजोर बन्यो । वैदशिक रोजगारीमा जानेले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा सहजता आउने हुँदा यसले हाल थप समस्या पनि सृजना गरेको छ । नेपालको हरेक परिवारमा विदेश जाने मानिस रहेको अध्ययनले देखाएको छ । यसो हुँदा सबैलाई यो समस्याले प्रभाव पार्ने निश्चित छ । देशमा रोजगारीको व्यवस्था गर्न नसक्दा आज होनहार युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । वैदेशिक रोजगारी क्षणिक रूपमा लाभदायक भए पनि दीर्घकालका लागि यो घातक हुने यस क्षेत्रका जानकारहरू बताउने गर्छन् । राजनीतिक अस्थिरता, उद्योगको स्थापना गर्न नसक्नु, दृढ इच्छाशक्तिको अभाव आदिले गर्दा आज स्वदेशमा रोजगारीको अवसर देखिँदैन । त्यसैले बाध्यताका कारण विदेशिन परेको वास्तविकता हामीले भुल्नु हुँदैन । रोजगारीमा जाने मात्र नभई अध्ययनका लागि विदेश गएका समेत स्वदेशमा नआउने भएका छन् । यसले नेपालमा बौद्धिक पलायनको समस्यासमेत सृजना भएको छ ।    कोरोनाको महामारीबाट प्रत्यक्ष प्रभाव परेको विषय भनेको पारिवारिक भेटघाट जमघट तथा सामान्य कार्यक्रमसमेत गर्न नमिल्ने अवस्थाको सृजना भएकाले सबैमा एक प्रकारको न्यास्रोपूर्ण वातावरण बनेको देखिन्छ । एका घरका सदस्य बिरामी पर्दा समेत निर्धक्क भेटघाट तथा सहयोग गर्न असहज भयो । मानिस निकट भए पनि रोगसँग जोरी खोज्ने दुस्साहस पनि गर्नु भएन । असहज अवस्थामा पारिवारिक रूपमा प्रत्यक्ष सहयोग समेत नमिल्ने जुन अवस्था आयो त्यो भने ज्यादै मन कुँडाउने खालको बन्न पुगेको छ । यसले कताकता पारिवारिक सम्बन्धको दूरी त बढाउने होइन भन्ने चिन्तासमेत बढाएको अनुभूति सर्वत्र गरिँदै छ । विश्वव्यापी रूपमा फैलिएको कारोनाको त्रासदीले सबै समाजमा प्रत्यक्ष प्रभाव पारेकाले हाम्रो समाजमात्र त्यसबाट अलग रहने विषय भएन । आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि भएको छ जसले संक्रमण कम गर्न सहयोग पुगेको छ । मास्क लगाउने बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने जस्ता कार्यले रोगको फेलावटलाई केही न्यून गर्न सघाउ पुगेको छ । अर्को सामाजिक पक्ष भनेको विवाह, व्रतबन्धका कार्यक्रम तीजजस्ता सामूहिक भेलाहरूमा लगाम लाग्न पुग्यो जुन अत्यन्तै सकारात्मक भएको छ । यसले समाजमा मितव्ययिता कायम राख्न सहयोग पुगेको छ । त्यतिमात्र नभइ विपन्न वर्गमा जुन बाध्यता समाजमा देखाउनका लागि भने पनि गर्नुपर्ने र ऋण नै गरेर भए पनि चाड पर्व मनाउनुपर्ने अवस्थाको अन्त्य हुन पुगेको छ जसले समाजमा विकृति बन्न पुगेको तडकभडकका साथै देखासिखी गर्ने परिपाटी हाललाई अन्त्य भएको छ । यसले नेपाली समाजमा व्याप्त रहेको खर्चिलो र भड्किलो बनेको पर्व उत्सव आदिमा सकारात्मक सन्देशकोे सञ्चार गराएको छ । यो समाजको सकारात्मक पक्ष हो । लेखक समाजशास्त्रका अध्यापक हुन् ।

वैदेशिक रोजगारी : पारिवारिक विखण्डन र अपराधको जरो

जनकपुरधाम : वैदेशिक रोजगार विपन्न नेपालीका लागि आय आर्जन र आर्थिक उन्नतिको एउटा महत्वपूर्ण क्षेत्र भएपनि यसले समाजमा अनेकौं विकृति पनि भित्र्याएको छ।नेपालीहरू साउदी अरब, कतार, कुवेतजस्ता खाडी मुलुकसँगै इजरायल र मलेसियालगायत देशमा रोजगारीमा गएसँगै यसका नकारात्मक असर पनि समाजमा देखिन थालेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीले ल्याएका विभिन्न समस्याले समाज नराम्ररी प्रभावित भएको छ।निश्चय नै विदेशमा काम गर्न जाने अधिकांशको आर्थिक स्थिति सुध्रिने भएपनि साथस

वैदेशिक रोजगारी : उजाडिंदै पारिवारिक सम्बन्ध

काठमाण्डौ – ‘तिम्रै सुन्दर भविष्यका लागि’ भनेर परदेशिएका श्रीमान सम्बन्ध बिच्छेद गर्न स्वदेश आउलान् भनेर धादिङका दिलमाया (नाम परिवर्तन) ले कल्पना पनि गर्नुभएको थिएन । चार वर्षअघि मलेसिया जाँदा ‘छोरी र तिम्रा लागि पैसा कमाएर ल्याउँछु, तिमीहरुका लागि सुन्दर संसार बनाउँछु’ भनेका थिए श्रीमानले । ...

वैदेशिक रोजगारी सहायता कक्षः उजुरी आउँछन्, ठग भेटिँदैनन्

६ पुस, काठमाडौं । केही साताअघि तनहुँका दिनेश थापा पारिवारिक जमघटका लागि काठमाडौं आए । बाटोमा हिँड्ने क्रममा एक युवकसँग उनको चिनजान भयो । सँगै बसेर उनीहरुले चिया पिए । गफैगफको सुरमा थापाले वैदेशिक रोजगारीमा जाने आफ्नो योजना सुनाए । जवाफमा ती व्यक्तिले आफूसमेत विदेश जाने तयारीमा रहेको सुनाए । 'दिनेशले …