वैदेशिक रोजगारी : पारिवारिक विखण्डन र अपराधको जरो

जनकपुरधाम : वैदेशिक रोजगार विपन्न नेपालीका लागि आय आर्जन र आर्थिक उन्नतिको एउटा महत्वपूर्ण क्षेत्र भएपनि यसले समाजमा अनेकौं विकृति पनि भित्र्याएको छ।नेपालीहरू साउदी अरब, कतार, कुवेतजस्ता खाडी मुलुकसँगै इजरायल र मलेसियालगायत देशमा रोजगारीमा गएसँगै यसका नकारात्मक असर पनि समाजमा देखिन थालेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीले ल्याएका विभिन्न समस्याले समाज नराम्ररी प्रभावित भएको छ।निश्चय नै विदेशमा काम गर्न जाने अधिकांशको आर्थिक स्थिति सुध्रिने भएपनि साथस

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी ठगी : न्यायाधिकरणले थुनामा पठाएका युवक नै पीडित !

२९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका नाममा भएको १५ करोड रुपैयाँ ठगी प्रकरणमा पीडित नै थुनामा परेको पाइएको छ । डिल्लीबजार कारागारमा थुनामा रहेका राजुकुमार बस्नेतले आफू नै ठगीमा परेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा …

विदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ - NepaliPatra

काठमाडौँ । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन् । उनीहरूले केही वर्षदेखि ३०० भन्दा बढीलाई […]

वैदेशिक रोजगारी तालिम केन्द्र संचालन गरेर ठगी गर्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षितत गरी ठगी धन्दा चलाउँदै आएका गिरोहले तालिम केन्द्र (ट्रेनिङ सेन्टर) नै संचालन गरेको तथ्य खुलेको छ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले सो तथ्य फला पारेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान …

प्रहरी अधिकृतलाई अनुसन्धान प्रशिक्षण

काठमाडौं (अस) । बढ्दो मानव बेचबेखिन, वैदेशिक रोजगार ठगीजस्ता मुद्दामा प्रभावकारी अनुसन्धान गर्न दुई दर्जन प्रहरी अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानव अधिकारका लागि जनमञ्चले संयुक्त रूपमा आयोजना गरेको दुई दिने प्रशिक्षणमा मानव बेचबिखन, वैदेशिक रोजगारी ठगी, मानव तस्करी लगायतका विषयमा केन्द्रित हुँदै अनुसन्धानलाई प्रभावकारी बनाउनेबारेमा जोड दिइएको थियो । बुधबार सम्पन्न प्रशिक्षण समारोहमा बोल्दै ब्यूरोका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले प्रशिक्षणले वैदेशिक रोजगारी, मानव बेचबिखनलगायतका विषयमा अनुसन्धान गर्न मद्धत पुग्ने बताए । सहभागीलाई प्रशिक्षण दिँदै श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले वैदेशिक रोजगारी ठगी र मानव बेचबिखनको समस्यामा परेकालाई प्रभावकारी रूपमा कानूनी सहायता आवश्यकता रहेको औंल्याए ।  ब्यूरोका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले प्रशिक्षणले मानव तस्करी, वैदेशिक रोजगारी, मानव बेचबिखनजस्ता विषयमा अनुसन्धान गर्दा देखिएका विद्यमान कैयन विषयमा प्रष्टता ल्याएको बताए । प्रशिक्षणमा सहभागी प्रहरी निरीक्षक ज्ञानीमञ्जरी शर्माले प्रशिक्षणपछि पीडितको अधिकार कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे जानकारी भएको बताए । अर्का प्रहरी निरीक्षक सुरेन्द्र तामाङले अपराध अनुसन्धानका लागि अपनाइने तौरतरिका बारे जानकारी प्राप्त भएको धारणा राखे ।