एक वर्षमा चितवनबाट १४ हजारले लिए श्रम स्वीकृति

चितवन । गत आर्थिक वर्ष (आव)मा जिल्लाबाट करिब १४ हजार जनाले वैदेशिक रोजगारी (foreign employment) का लागि श्रम स्वीकृति लिएका छन् ।  भरतपुर महानगरपालिकाले आज आयोजना गरेको एक कार्यक्रममा आव ०७८/०७९ मा चितवनबाट वैदेशिक रोजगारीका लागि १३ हजार ९२७ जनाले श्रम स्वीकृति लिएको तथ्यांक प्रस्तुत गरिएको छ ।  महानगरपालिकाले आज वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक संकलन, अभिलेखीकरण र पाश्र्वचित्र निर्माण गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।  गत आर्थिक वर्षमा बागमती प्रदेशबाट ९१ हजार ५१० जनाले श्रम स्वीकृति लिएको महानगरको सामी कार्यक्रमका सुशासन संयोजक भक्त राइले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा संयोजक राईले वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विवरणहरू प्रस्तुत गरेका थिए ।  भरतपुर महानगरपालिकाका २९ ओटै वडाका अध्यक्ष तथा सचिवहरूसँग गरिएको अन्तरक्रियामा वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या, चुनौती र वैदेशिक रोजगारमा गएकाहरूको अवस्थाबारे छलफल तथा बहस गरिएको थियो । संयोजक राईले वैदेशिक रोजगारको सवाल, स्थानीय सरकारको पहलहरू र पाश्र्वचित्र निर्माणका सम्बन्धमा अनुभव तथा सिकाइबारे समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यपत्रमा नेपालमा प्रतिवर्ष करिब १४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उल्लेख छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख छ ।  त्यस्तै गत आर्थिक वर्षमा मात्रै बागमती प्रदेशबाट ९१ हजार ९४८ जनाले श्रम स्वीकृति लिएका छन । आर्थिक वर्ष ०७८/०७९ मा १० खर्ब ७ अर्ब बिप्रेषण भित्रिएको छ ।  वैदेशिक रोजगारीमा गएकाको विवरण संकलन गर्दै महानगर  भरतपुर महानगरपालिका (Bharatpur Metropolitan)ले यही वैशाख १६ गतेबाट वैदेशिक रोजगारीका गएका व्यक्तिहरूको विवरण संकलन गर्दैछ । उसले २९ ओटै वडाहरूमा गणक खटाएर वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण संकलन गर्न लागेको हो ।  यसका लागि महानगरले २९ ओटै वडाबाट छनोट भएर आएका गणकहरूलाई प्रशिक्षण दिने भएको छ । प्रशिक्षणपश्चात् गणकहरूले अनलाइनमार्फत विवरणहरू अध्यावधिक गर्ने स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले बताइन् ।  उनका अनुसार महानगरले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको घरमा गएर उनीहरूको पारिवारिक विवरणका साथै लिंग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, मान्यताप्राप्त म्यानपावरबाट गए÷नगएको, वैदेशिक रोजगारीबाट फर्कनुको कारण, फर्केर आएपछि व्यापार–व्यवसाय गरे/नगरेको लगायत विवरण अद्यावधिक गर्नेछ । कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको यो कार्यक्रम उपलब्धिमुलक हुने दाबी गरे । ‘यो हाम्रो मात्र नभइ भरतपुर महानगरकै गौरवको कार्यक्रम हो,’ उनले भने, ‘यो अभियानबाट वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका जटिलताको अन्त्य हुने अपेक्षा छ ।’ 

सम्बन्धित सामग्री

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

बैतडी, २५ जेठ । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन […]

स्थानीय तहबाटै श्रम स्वीकृति

कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन् । सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ । […]

नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान

काभ्रेपलाञ्चोक, ३ वैशाख । नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए […]

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ।यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव

सबै श्रम स्वीकृति अब अनलाइनबाटै

वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन थालेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले नयाँ व्यक्तिगत...

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।     कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजाराँैको भीड हटेको छ । हाल भौतिक

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्र हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आउँदो २ वैशाखदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि […]

संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाट मात्र हुने

काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौंले अब संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए।कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थ

भोलिबाट अनलाइनबाट मात्र श्रम स्वीकृति

वैदेशिक रोजगार विभागले भोलिबाट अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ ।  विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) स्थगन गर्ने निर्णय गरिएको विभागले जनाएको हो । सरकारले दोस्रो चरणको कोभिड-१९ को सँक्रमणको व्यापकताको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गते सम्म लक...

अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ?

१७ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः […]