गर्भ रहेपछि महिलाले विशेष किसिमको अनुभव गर्छिन् । त्यो पल खुसी, अलिकति उत्सुकता, भावी बच्चाको माया र अलिकति डर मिश्रित अनुभव हुन्छ । नौ महिनासम्मको गर्भावस्थामा सुरुको महिनालाई पहिलो त्रैमासिककको रुपमा लिइन्छ । पहिलो महिनामै कस्तो खालको शारीरिक र भावनात्मक परिवर्तन हुन सक्छ भन्ने ज्ञान भयो भने आउने महिनाका लागि तयार रहन सहज हुन्छ । […]