रुकुम पश्चिमकाे सानीभेरीमा गाउँमै पुगेर गर्भ जाँच

रुकुम पश्चिम – रुकुम पश्चिमकाे ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर गाउँमै भिडियो एक्सरेमार्फत गर्भ जाँच गरिएको छ । सानीभेरी गाउँपालिकाको विभिन्न चार ठाउँमा एक सय ६ महिलाको गर्भ जाँच गरिएको हो । नियमित गर्भ जाँच गर्नबाट वञ्चित रहेका महिलाहरूलाई लक्षित गरेर गाउँमै सेवा दिइएको हो ।  ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका १ को चाईनाबगरमा १५, गाउँपालिका २ को गिठाकोटमा २२, गाउँपालिका १० को अर्मामा २६ जना र गाउँपालिका ७ को छोटेबगरमा ४६ जनाको गर्भ जाँच गरिएको जिल्ला अस्पताल सल्ले रुकुमका ...